१ माघ, २०७७ बाँपीझ्याला, दोलखा । यो बर्षको विष्णुलक्ष्मी–तुलसीमायाँ साहित्यीक सम्मान पुरस्कार २०७७ ले स्वर्गिय बोल बहादुर बस्नेतलाई मरनोपरान्त पुरस्कारबाट सम्मान गरिएको छ । स्वर्गिय बोल बहादुर बस्नेतलाई गरिएको सम्मान पत्र वहाँको धर्मपत्नी कुमारी बस्नेतलाई हस्तान्तरण गरिएको थियो ।
बिष्णुलक्ष्मी साहित्यीक पुरस्कार समितीको आयोजनमा सम्पन्न उक्त कार्यक्रममा साहित्यक पुरस्कार समितीका संरक्षक एवं अग्रज पत्रकार चिरञ्जीवी मास्केद्वारा सम्पादीत तथा प्रकाशित प्रदेय नामक पुस्तक भीमेश्वर नगर प्रमुख एवं आजका कार्यक्रमका प्रमुख अतिथी भरत बहादुर केसीज्यूले विमोचन गर्नु भएको थियो ।

यसै गरी उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरेलज्यू सरुवाको सिलसिलामा खाता र टिका लगाई विदाई गरिएकोे थियो ।

भीमेश्वर नगरपालीकाका नगर प्रमुख एवं यस कार्यक्रममा प्रमुख अतिथी भरत बहादुर केसी र पुरस्कारका संरक्षक चिरिञ्जीवी मास्के र बिष्णु लक्ष्मी साहित्यीक समितीका अध्यक्ष एवं कार्यक्रमका सभापती विष्णु सुवेदीले स्वर्गिय बोल बहादुर बस्नेतलाई मरनोपरान्त पुरस्कारबाट सम्मान गरी निजको धर्मपत्नीलाई प्रमाण पत्र हस्तान्तरण गरिएको हो ।

शुभकामना मन्तव्य दिनु हुनेहरुमा नगर प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथी भरत बहादुर केसी, कार्यकारी अधिकृत मान बहादुर थापा, प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरेल, पत्रकार महासंघ दोलखाका अध्यक्ष जिवन लामा, दोलखा साहित्य संगमका उपाध्यक्ष शंकर श्रेष्ठ र दोलखा उद्योग बाणीज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले दिनु भएको थियो ।

२०६७ सालमा स्थापना गरिएको उक्त साहित्यीक पुरस्कार जिल्ला भित्रका साहित्यीक क्षेत्रमा आफ्नो योगदान दिनु हुने साहित्यकारहरुको सम्मानको लागि स्थापना गरिएको जानकारी गराउनु हुर्दै उपस्थिती सम्पूर्ण महानुभावहरुलाई संरक्षण मास्केले धन्यवाद दिनु भएको थियो । यसै गरी उक्त कार्यक्रम पत्रकार महासंघ जिल्ला दोलखाका सचिव विनीता शिवाकोटीले संचालन गर्नु भएको थियो ।
