Search

हेमकृष्ण कुमारी प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कार २०७६ वाट सर्लाहीका मिनाकुमारी यादव पुरस्कृत

हेमकृष्ण कुमारी प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कार २०७६ वाट सर्लाहीका मिनाकुमारी यादव पुरस्कृत


२७ पौष, २०७७ , बाँपीझ्याला, दोलखा । यो बर्षको हेमकृष्ण कुमारी प्रधान प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कारवाट रातोपार्टी टेलिभिजनमा कार्यरत मिनाकुमारी यादव पुरस्कृत भएकी छिन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको नवौं अधिवेशन तथा दशौं बार्षिक साधारण सभाको अवसरमा पत्रकार महासंघको आफ्नै भवन सदरमुकामन चरिकोटमा आयोजित कार्यक्रमका वीच यादवलाई महिला सम्मान राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो ।


नेपाल पत्रकार महासंघ केन्द्रिय समितीका उपाध्यक्ष एवं यस कार्यक्रमका प्रमुख अतिथी र हेमकृष्ण कुमारी प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कारका ंसंस्थापक पूर्व महान्यायधिवक्ता एवं बरिष्ठ अधिवक्ता मुक्ति नारायण प्रधान, तथा फाउण्डेशनका अध्यक्ष टिकानारायण प्रधानले पत्रकार यादवलाई नगद २० हजार र सम्मान पत्र सहित सम्मान गर्नु भएको छ । पुरस्कृत हुने पत्रकार मिनाकुमारी यादव विगत ५ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेकी छिन् ।


हेमकृष्ण कुमारी प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कार गत बर्ष नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सचिव विनीता शिवाकोटीलाई प्रदान गरिएकोमा यो बर्ष सर्लाही जिल्ला बरहथवा नगरपालीका वडा नं. २ घर भई हाल चावहिल काठमाण्डौं बसोबास गर्दै आउनु भएका रातोपाटी टेलिभिजनमा कार्यरत पत्रकार यादवलाई प्रदान गरिएको हो । पूर्व महान्यायधिवक्ता एवं बरिष्ठ कानून व्यवसायी मुक्ति नारायण प्रधान, उहाँको जेठी भाउज्यू भगवती प्रधान, भाई उपेन्द्र प्रधान र परिवारले स्वर्गिय आमा हेमकृष्ण कुमारी प्रधानको स्मृतिमा यो पुरस्कारको स्थापना गरेका हुन् ।


२०७१ सालमा स्थापना गरिएको महिला सम्मान राष्ट्रिय पुरस्कार पत्रकारिताको क्षेत्रमा राष्ट्रिय रुपमा र दोलखा जिल्लामा रहेर सक्रिय महिलालाई प्रदान गरिदै आएको छ । पुरस्कार राशिलाई हाललाई अक्षकोष ५ लाख राखीएको पूर्व महान्यायधिवक्ता एवं बरिष्ठ अधिवक्ता प्रधानले जानकारी दिनुभयो ।


यसरी २०७२ सालदेखि शुरु गरिएको पहिला पुरस्कार गृष्मा राजभण्डारी, २०७३ सालमा दोश्रो पुरस्कार सिर्जना खड्का, २०७४ तेस्रो पुरस्कार ईलिजा उप्रेती, २०७५ सालको चौथो पुरस्कार विनीता शिवाकोटी, २०७६ साल पाँचौ पुरस्कार यसपाली मिनाकुमारी यादवलाई प्रदान गरिएको छ ।


यसैवीच नेपाल पत्रकार महासँघ दोलखा शाखाले स्थापना गरेको गणतान्त्रिक पत्रकारिता पुरस्कारवाट देवदास स्मृती पत्रकारीता पुरस्कारबाट रविन्द्र गौतम, गणतान्त्रीक पत्रकारीता पुरस्कारबाट नवराज शिवाकोटी, विकास पत्रकारीता पुरस्कारबाट केदार शिवाकोटी, स्व.ईन्द्रमणी राजभण्डारी पत्रकारीता पुरस्कारबाट सिर्जना गोले, सुजल पत्रकारीता पुरस्कारबाट विमल बुढाथोकी सम्मानीत हुनु भएको छ ।

नेपाल पत्रकार महासँघ दोलखा शाखाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा सम्पन्न उक्त नवौं अधिवेशन तथा दशौं साधारण सभा तथा पुरस्कार बितरण कार्यक्रममा पूर्व महान्यायधिवक्ता मुक्ति नारायण प्रधान, प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी, भिमेस्वर नगरपालिकाका मेयर भरत केसी, सञ्चार विज्ञ राजेन्द्र मानन्धर, रातोपाटीका संस्थापक सम्पादक ओम शर्मा, सामुदायीक रेडियो प्रसारका सँघका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का, प्रेस युनियनका बागमति बिशेष क्षेत्रिय सँयोजक रमेश खतिवडा, जिल्ला अध्यक्ष दिपसँकर चौंलागाई, शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


यसै गरी शुभकामना मन्तव्यको क्रममा रातोपाटी डटकमका संस्थापक सम्पादक ओम शर्माले अगाडी भन्नु भयो बर्तमान राजनिती परिस्थिती प्रतिगमन तिर गएको कारणले हामी पत्रकारहरु उक्त कदमको खबरदारी गर्दै प्रतिगमनको विरुद्ध सधै पार्टी विशेष नभै नेपाली जनताको हकहित र देशको रक्षाको निम्ती एकजुट हुनु पर्नेमा जोड दिनु भयो । अव फागुणमा पत्रकारहरुको अधिवेशन हुने भएकोले कुनै पनी क्षेत्रबाट प्रतिगमनलाई सहयोग हुने खालका प्रतिनिधित्वलाई आफु आफु जस्तै नेपाली जनताको हित चाहनेहरु एकजुट भएर हराउने कुरा पनी बताउनु भयो । ओली सरकारले गरेको अहिलेको कदम असंबैधानीक भएकोले सच्याउन पनी माग गर्नु भयो ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!