Search

वैशाखमा भामको ‘चिसो वर्ष’

वैशाखमा भामको ‘चिसो वर्ष’

बाँपीझ्याला, काठमाण्डौं । फिल्म ‘चिसो वर्ष’ नयाँ वर्ष २०७८ वैशाखदेखि छायाँकनमा निस्कने भएको छ । फिल्म छायाँकनका लागि निर्माण युनिटले अहिले तयारी गरिरहेको छ । फिल्म मीन भामले निर्देशन गर्न लागेका हुन् । फिल्म वैशाखबाट छायाँकनमा जाने गरेर अहिले तयारी भइरहेको निर्देशक भामले बताए । केही समयपछि फिल्मको सम्पूर्ण जानकारी सार्वजनिक गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।

भामले यो फिल्म ५ अगाडि घोषणा गरेका थिए । लगानी अभावका कारण फिल्म अगाडि बढ्न सकेको थिएन । कान्स, लोकार्नलगायत विभिन्न महोत्सवमा यसको कथाले ३ करोड बढीको रकम जितेपछि अहिले निर्माण अगाडि बढ्न लागेको हो ।

‘चिसो वर्ष’ ले हराएका श्रीमान् खोज्न हिडेकी गर्भवती महिलाको कथा बोल्नेछ । यस अगाडि ‘कालो पोथी’ फिल्म बनाएर थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेका भामको यो फिल्मले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम चिनाउने अपेक्षा गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment