Search

निजी आवास निर्माणका लागी दोलखामा बजेट अभाव

निजी आवास निर्माणका लागी दोलखामा बजेट अभाव

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखामा पुननिर्माण अन्तर्गत निजी आवास निर्माणका लागी बजेट अभाव भएको छ । दोलखाको पुर्ननिर्माणका लागी राष्ट्रिय पुर्न निर्माण प्राधिकरणले पठाएको रकम सकिएपछि भुकम्प प्रभावितले निजी आवास निर्माणका लागी अनुदान प्राप्त गर्न सकेका छैनन् ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालय दोलखाका अनुसार निजी आवास अनुदान वापतको किस्ता पौष १ गते देखी नै वितरण गरिएको छैन ।


चालु आर्थिक वर्ष पुननिर्माण प्राधिकरणले पहिलो चौमासीकमा १० करोड, दोस्रो चौमासिकमा १० करोड ३५ लाख र तेस्रो चौमासीकमा १० करोड रुपैयाँ वितरण गर्न भन्दै दोलखामा निजी आवास अनुदानका लागी कुल ३१ करोड ३५ लाख बजेट पठाएको थियो । चालु आर्थिक वर्षको साउन देखी हाल सम्मको अवधिमा ६ सय ७९ जनाले पहिलो किस्ता, ४ सय ३० भुकम्प प्रभावितले दोस्रो किस्ता र १ हजार ९२ जनाले तेस्रो किस्ता वापतको रकम लिएका छन् ।


एक आर्थिक वर्षका लागी प्राधिकरणले पठाएको रकम ९ महिनामै सकिएपछि नगपु बजेट माग गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय दोलखाका प्रमुख राम प्रसाद पोखरेलले जानकारी दिनुभयो । बजेट अभावमा अनुदान वितरणको काम रोकिएको करिव महिना दिन पुग्नै लाग्दा समेत हाल सम्म बजेट प्राप्त नभएको जानकारी प्राप्त भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!