बाँपीझ्याला, काठमाण्डौं । कोरोनाको कारण विश्वमा देखिएको विभिन्न समस्या, बेरोजगारीको बिषयमा निर्माण भएको सट फिल्म ‘सहारा’ सार्वजनिक गरिएको छ । ध्रुव दत्त, श्रृजना निङ्गलेकु र पुरु राईको मुख्य अभिनय रहेको छ । फिल्मको लेखन तथा निर्देशन पुरु राईले गरेका हुन् । फिल्मले वियोगान्तको कथा समेत देखाउन खोजेको छ ।
फिल्ममा कुशल श्रेष्ठको छायाँकन तथा सम्पादन, आशिष राजको स्वर तथा संगीत र नविन निरौलाको सम्पादन रहेको छ । फिल्म अभिनेत्री सृजना निङ्गलेकुकोले निर्माण गरेकी हुन् ।