Search

टोटेनहम काराबाओ कपको फाइनलमा

टोटेनहम काराबाओ कपको फाइनलमा

बाँपीझ्याला, काठमाण्डौं । ब्रेन्टफर्डलाई हराउँदै प्रिमियर क्लब टोटेनहम हट्स्पुर इएफएल काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति टोटेनहम हट्स्पुर रंगशालामा सम्पन्न सेमिफाइनल खेलमा घरेलु टिमले पाहुना टिम ब्रेन्टफर्डलाई २–० गोलले हराएको हो।

टोटेनहमको जितका लागि मौसा सिसोकोे र सन ह्युङ मिनले समान १–१ गोल गरे। खेलको १२ औं मिनेटमा रेगुलियनले दिएको पासको सदुपयोग गर्दै सिसोकोले सुरुवाती अग्रता बनाएका थिए।

यससँगै पहिलो हाफमा टोटेनहम एक गोलले अघि रह्यो। दोस्रो हाफ को ७० औं मिनेटमा एकडोम्बेलेले दिएको पासको सदुपयोग गर्दै सनले गोल गरेपछि घरेलु टिमले अग्रता दोब्बर बनायो।

यही अग्रता कायम राख्दै उसले सेमिफाइनल जितेको हो। यता ८४ औं मिनेटमा ब्रेन्टफर्डका डासिल्वाले राताे कार्ड पाएर बाहिरिएपछि पाहुना टिम थप दबाबमा आएको थियो।

अब टोटेनहमले फाइनलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको विजेतासँग खेल्नु पर्नेछ। म्यानचेस्टर डर्बीको खेल आज राति साढे १ बजे हुनेछ। फाइनल खेल भने आउँदो अप्रिलमा वेम्बले रंगशालामा हुनेछ।

गएरातिको जितपछि टोटेनहमका प्रशिक्षक जोस माहोरिन्होले यो जित टोटेनहमका लागि रिवार्ड भएको बताएका छन्। टोटेनहमले यदी उपाधि जित्न सके उसले १३ वर्षपछि उपाधि जित्नेछ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment