Search

दिल तामाङको ‘नाच्देऊ बसन्ती’ सार्वजनिक

दिल तामाङको ‘नाच्देऊ बसन्ती’ सार्वजनिक

बाँपीझ्याला, गायक दिल तामाङको नयाँ म्युजिक भिडियो ‘नाच्देऊ बसन्ती’ सार्वजनिक भएको छ । गत बिहीबार उनले सो भिडियो सार्वजनिक गरेका हुन् । डिबी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको उक्त भिडियोमा एलिसा शर्मा र भीमफेदी गाइजको अभिनय रहेको छ ।

निर्मल लामाले निर्देशन गरेको उक्त भिडियो एस स्टडीले बजारमा ल्याएको हो । सो गीतको कभर भिडियो बनाउनेलाई एक लाख रुपैयाँको पुरस्कार घोषणा गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!