Search

महत्वाकांक्षा

महत्वाकांक्षा


आचार्यश्री ओशो अखण्ड
कसैले सोध्यो : भगवान ‘‘महत्वाकांक्षाको सम्बन्धमा हजुरको के विचार छ ?ू मैले भने ः ‘‘धेरै थोरै मानिसहरु छन् जो साच्चै नै महत्वाकांक्षी हुन्छन् । सानो कुराले तृप्त हुने मानिस महत्वाकांक्षी होइनन् । जसले धेरै चाहन्छ, ती नै महत्वाकांक्षी हुन् । अनि फेरि हामी सोच्छौं कि महत्वाकांक्षा अशुभ हो । म भन्छु होइन, वास्तविक महत्वाकांक्षा नराम्रो होइन । किनभने त्यसैले मानिसलाई ईश्वरतिर लैजान्छ ।


धेरै दिन अगाडि, एक जना युवकलाई मैले ‘‘जीवनलाई लक्ष्य देऊ, हृदयलाई महत्वाकांक्षा देऊ र उंचाइहरुका सपनाले आफुलाई पूरै भरिदेऊ भनेको थिएँ । एउटा लक्ष्यविना तिमी मानिस बन्न सक्दैनौ, किनकि त्यसको अभावमा तिमीभित्र एकता उत्पन्न हुन सक्दैन र तिम्रो शक्ति पनि जताततै खेर मात्र जानेछ । आप्mना सबै शक्तिहरुलाई जम्मा गरेर जो व्यक्ति कुनै लक्ष्यमा समर्पित हुन्छ, त्यही मात्र आफ्नो लक्ष्यमा पुग्न सक्दछ । बाँकि सबै मानिसहरु अराजक र असफलताको भीडमा रुमलिन्छन । तिनहरुका अन्तरका आवाजहरु आफुै बिरोधी हुन्छन् र जीवनबाट कहिल्यै कुनै संगीत समेत उत्पन्न हुुनै सक्दैन । जसको आफै भित्र संगीत उत्पन्न हँुदैन, उसलाई न शान्ति मिल्छ न शक्ति नै मिल्छ । वास्तवमा शान्ति र शक्ति एउटै सत्यका दुई नाम हुन् ।


फेरि उसले सोध्यो ः ‘‘यो कसरी हुन्छ ?ू मैले उसलाई उत्तर दिएँ ः ‘‘जमिनमा रोपेको बीउलाई हेर । त्यसले कसरी सबै शक्तिहरुलाई जम्मा पारेर माथि उम्रन्छ ? उसको सूर्यको दर्शन गर्ने प्यासले नै उसलाई विरुवा बनाइदिन्छ । त्यो प्रबल इच्छाबाट नै उसले आपैmलाई फोर्छ र तलबाट माथि उठ्छ । तिमी त्यस्तै बन । वास्तवमै बीउ जस्तै बन । व्यापकता पाउन तिर्खाऊ, प्यासि वन र फेरि सबै शक्तिहरुलाई एकत्रित पारेर माथितिर उठ । अनि त्यही बेला एउटा समय आउँनेछ कि व्यक्तिले आफैलाई फोरेर आफुलाई प्राप्त गर्नेछ ।
जीवनको चरम लक्ष्यलाई , आपैmलाई र सत्यलाई पाउन जसले स्मरण गरि रहन्छ ऊ अरु जे सुकै भौतिक वस्तु पाएर पनि तृप्त हुन सक्दैन । यस्तो अतृप्ति हुनु सौभाग्य हो । किनकि त्यसैलाई पार गरेर परम तृप्तिको आनन्द पाउन सकिन्छ । जीवनको तथाकथित सुखको क्षणिकतालाई हेर । त्यसैको दर्शनले गर्दा नै त्यसबाट मुक्ति समेत हुन सक्दछ ।


एक पटक मलाई कसैले कुनै लोक कथा सुनाएको थियो :
‘‘एउटा चरो आकाशमा भट्केर उडिरहेको थियो । त्यहि चराको सिधा माथि टाढा चम्किरहेको सेतो बादल थियो । उसले आफैसंग भन्यो ः म उडूँ र त्यो सेतो बादल छोऊँ । यस्तो विचार गरेर त्यो चरोे बादलको लक्ष्य बनाएर पूरै शक्ति लगाएर त्यही दिशा तर्फ उड्यो । तर त्यो बादल कहिले पूर्व तिर त कहिले पश्चिमतिर जान्थ्यो । कहिले त्यो एक ठाउँमा रोकिन्थ्यो तर कहिले घुमेको घुम्यै गथ्र्यो । फेरि उसले आफुलाई फैलाउन थाल्थ्यो । त्यो चरो बादल नजिक पुग्नै पाएकै थिएन अचानक बादल हराएर गयो । त्यो चरोले अथक प्रयास गरेर त्यहाँ पुगेर देख्यो कि त्यहाँ त केही पनि छैन । यो देखेर चरोले आफैसंग भन्यो, म भ्रममा परेंछु । क्षणभंगुर बादलहरुलाई होइन, लक्ष्य त पहाडका ती गर्विला शिखरलाई नै बनाउन पर्ने रहेछ जो अनादि र अनन्त छन् ।


यो कथा कति सत्यमा आधारित छ ? हामीमा कति यस्ता पनि छौं होला जो क्षणभंगुर बादललाई जीवनको लक्ष्य बनाउने भ्रममा त कतै परी रहेका छैनौं ? तर हामीले हेरौं, नजिकै अनादि र अनन्त पर्वत पनि छन्, जसलाई जीवनको लक्ष्य बनाएर नै कृपार्थ र धन्यताको पात्र हुन सक्दछौं ।
रवीन्द्रनाथले कुनै प्रसंगमा कतै भनेका छन्ः ‘‘वर्षा बिंदुले चमेलीको कानमा भन्यो, प्रिय, मलाई सधैं आप्mनो हृदयमा राख्नू । अनि चमेलीले केही भन्न पनि नपाइकन पृथ्वीमा खसी ।
परमगुरु भगवान श्री ओशो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!