Search

२४ औं बेथान दिवस मनाईयो

२४ औं बेथान दिवस मनाईयो

पुष २०, बाँपीझ्याला, रामेछाप । सुनापती गाउँपालिका–४ बेथानमा नेकपा प्रचण्ड–नेपाल समुहले २४ औं वीरता स्मृति दिवस मनाएको छ । बेथानको चौकी आक्रमण गर्ने क्रममा शहीद हुनुभएका तीन जना शहीदको अर्धकदको शालिक वीरता दिवसको अवसर पारेर अनावण गरिएको छ ।

तत्कालिन नेकपा माओवादीले २०५३ साल पुस १९ गते जनयुद्धको क्रममा बेथानको प्रहरी चौकी कब्जा गरेको थियो । त्यस क्रममा फत्त बहादुर स्लामी, तीर्थ गौतम र दिलमाया बमजनले शहादत प्राप्त गरेका थिए । बेथानमा बगेको रगतबाट प्राप्त उपब्धिमाथि भइरहेको असंवैधानिक कदमका विरुद्ध शसक्त रुपमा प्रतिवाद गरिने नेकपाका बागमती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहालले आयोजित कार्यक्रममा बताए ।

नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान, नेकपाका नेता टंकलाल घिसिङ, सचिव शान्ति पौडेल, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान लगायत व्यक्तिको कार्यक्रममा सहभागीता रहेको थियो । नेकपाले पानीघाटमा शहीद स्मृति पार्क समेत निर्माण गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!