Search

बिकनी अवतारमा यस्तो देखिइन् निया

बिकनी अवतारमा यस्तो देखिइन् निया

बाँपीझ्याला, एजेन्सी । भारतीय टेलिभिजन अभिनेत्री निया शर्मा आफ्ना बोल्ड तस्विरहरुका कारण चर्चा रहन्छिन् । भर्खरै उनले शेयर गरेका तस्विरहरु पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्विरमा निया शर्मा कालो विकिनीमा समून्द्री किनारमा पोज दिँदै गरेको देखिन्छिन् ।

यी तस्विरहरु अत्याधिक शेयर भएका छन् । निया शर्माका समर्थकहरु उनको तारिफ गरेर थाकेका छैनन् । केही दिनअघि आफ्नो बर्थडे केकका कारण निया ट्रोलको शिकार बनेकी थिइन् ।

समर्थकहरुले केकलाई ‘अस्लिल’ भन्दै उनको मज्जाले ट्रोल गरेका थिए । जवाफमा नियाले लेखेकी थिइन्, ‘म आफैंलाई तनावबाट मुक्त गर्नका लागि सामाजिक सञ्जालको प्रयोग गर्ने गर्छु । सामाजिक सञ्जाललाई म एक रमाइलोका रुपमा लिन्छु । मलाई कोही कसैसँग बहस गर्ने कुनै शोख छैन । न त बेकारको विवादमा फस्ने शोख नै छ ।’

नियाले अगाडि थपेकी थिइन्, ‘मलाई कुनै कुराको सफाई दिनुछैन । म इन्स्टाग्राममा नयाँ चिज सिक्ने कोसिस गर्छु । धेरै पेजहरु हेर्छु, जसबाट केही सिक्न सकुँ । चाहे त्यो मेकअपसँग जोडिएको कुनै पेज होस् वा हेयरस्टाइलिङसँग जोडिएको । म आफ्नो समय यी चिजमा लगाउन चाहन्छु, न कि कुनै बेकार कुरामा ।’


सन् २०१० मा ‘काली–एक अग्नीपरीक्षा’ नामक टेलिशृंखलामा अनु नामकी युवतीको भूमिका निर्वाह गर्दै उनले अभिनयमा डेब्यु गरेकी थिइन् । ‘एक हजारों में मेरी बहेना हैं’ शृंखलामा निभाएको मान्वी नामक पात्रले उनलाई चर्चित बनाएको हो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment