Search

कोरोना अपडेट: संक्रमित २ लाख ६२ हजार २६२, निधन १८८५, डिस्चार्ज २ लाख ५५ हजार ८८

कोरोना अपडेट: संक्रमित २ लाख ६२ हजार २६२, निधन १८८५, डिस्चार्ज २ लाख ५५ हजार ८८

बाँपीझ्याला, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ८ सय ८५ रहेको छ।सोमबार मात्रै कोरोनाबाट ७ जनाको मृत्‍यु भएको छ।

यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ भने सोमबार मात्रै सोमबार ५९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यस्तै काठमाडौँ उपत्यकामा थप १८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ जसमा काठमाडौँमा १४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, ओखलढुङगाका १, झापाका ३, मोरङमा ५, सुनसरीमा २, धनुषामा ५, पर्साका ५, बाराका २, महोतरीका १, सर्लाहीका २, सिराहाका १, काठमाडौँमा १४०, काभ्रेमा ६, चितवनमा ३, दोलखाका १०, धादिङमा ६, नुवाकोटमा १, भक्तपुरमा २४, मकवानपुरमा ५, रसुवाका १, ललितपुरमा २१ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सिन्धुलीका १, कास्कीमा ३५, गोरखामा ३, तनुहँमा ३, नवलपरासी पूर्वमा २, पर्वतमा १, स्याङ्जामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा १०, गुल्मीमा २, दाङमा ८, नवलपरासीमा ३, प्युठानमा १, बर्दियामा ४, बाँकेमा १४, रुपन्देहीमा २५, रोल्पामा २, कञ्चनपुरमा २, कैलालीमा ३०, डढेलधुरामा २, डोटीमा २, दार्चुलामा १ तथा बझाङमा १ जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर २०९ जना कोरोना संक्रमितको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!