Search

जुम्लामा हिमपात: चिसोले जनजीवन प्रभावित

जुम्लामा हिमपात: चिसोले जनजीवन प्रभावित

२० पुस, बाँपीझ्याला, जुम्ला । । जुम्लामा हिमपात शुरु भएको छ । जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ भने गहिरो स्थानमा सामान्य जमेको देखिएको छ । डाडाँकाडा सेप्ताम्बे भएका छन् ।


हिँउ परेपछि चिसो बढ्नुका साथै जनजीवन प्रभावित भएको छ । रातभर समान्य पानी परेको जुम्ला सदरमुकाममा पानी परे सँगै हिँउ जमेको हो । यस बर्ष मंसिरमा समान्य हिउँ परेपनि खासै हिउँ परेको थिएन । मौसम पनि चिसो भएका कारण हिउँ धेरै पर्नसक्ने स्थानीय जनाउछन । हिमपातका कारण भने हवाई यातायात प्रभावित भएको छ ।जुम्ला विमानस्थलमा जहाँज बस्न नसकेको नागरिक उडान प्राधिकरणले जनाएको छ ।

यसैगरी एक हप्ता देखीनै जुम्लामा चिसो बढ्दै आएको छ । अहिले जुम्लाको तापक्रम माईनस बाट शुन्यमा उक्लेको जल तथा मौसम विज्ञान कार्यालयले जानकारी दिएको छ । जल तथा मौसम विज्ञान कार्यालयले प्रमुख आशामपुरा कार्कीका अनुसार आईतवार न्यूनतम माईनस ३ दशमलप ८ डिग्री रहेको तापक्रम वादल र हावा कम भएपछि शुन्य दशमलप ६ रहेको जानकारी दिनुभयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!