Search

युभेको जीतमा रोनाल्डोको दुई गोल

युभेको जीतमा रोनाल्डोको दुई गोल

बाँपीझ्याला, क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गर्दा युभेन्टसले उडिनेजेमाथि ४–१ को सहज जित हासिल गरेको छ । रोनाल्डोले खेलको ३१ औँ मिनेटमा एरोन रामशेको पासमा युभेलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनले फेडेरिको चिएसाका लागि गोलको असर सिर्जना गरे ।

त्यसपछि ७० औँ मिनेटमा अर्को गोल थप्दै युभेको अग्रता फराकिलो बनाए । यो सिजन उनले ११ लिग खेलमा १४ गोल गरेका छन् । उनी सिरिए ए को यो सिजन सर्वाधिक गोलकर्ता हुन् ।

स्टपेज टाइममा उडिनेजेको लागि मार्भिन जिगेलारले सान्तवना गोल फर्काएपछि पाउलो डिबालाले अर्को थपे ।

आन्द्रे पिर्लोको टोली शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा १० अंकले पछि लिगको पाँचौ स्थानमा रहेको छ ।

उता, १० खेलाडीमा सिमित एसी मिलानले बेनेभेन्टोमाथि २–० को जीत हासिल गर्यो । दोस्रो स्थानमा रहेको इन्टर मिलानले कोरोन्टेलाई ६–२ गोलअन्तरले हरायो । खेलमा इन्टरका लागि लाउटारो मार्टिनेजले ह्याट्रिक गरे ।

त्यस्तै, नापोलीले काग्लियारीलाई ४–१ र रोमाले साम्पडोरियालाई १–० ले पराजित गर्यो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!