Search

चौथोपटक बनिन् न्यान्सी पेलोसी अमेरिकी संसदको सभामुख

चौथोपटक बनिन् न्यान्सी पेलोसी अमेरिकी संसदको सभामुख

बाँपीझ्याला, एजेन्सी । अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी पुनः निर्वाचित भएकी छन् । उनी चौथोपटक हाउस अफ रिप्रिजेनटेटिभको सभामुखमा निर्वाचित भएकी हुन् । १७ वर्ष तल्लो सदनको प्रमुखका रुपमा काम गरेकी पेलोसीलाई सभामुखमा अरुले चुनौति दिएका थिएनन् । उनी सन् २००६ मा पहिलोपटक सभामुख बनेकी थिइन् । उनी सो पदमा पुग्ने पहिलो महिला हुन् ।

उनी सन् २००६ देखि २०११ सम्म सभामुख रहिन् । त्यसपछि सन् २०१८ मा डेमोक्र्याटिक पार्टीले पुनः तल्लो सदनमा नियन्त्रण कायम गरेपछि उनी सभामुखमा पुनः निर्वाचित भएकी थिइन् ।

गएको नोभेम्बरमा भएको चुनावमा उनको पार्टीले केही सिट गुमाए पनि तल्लो सदनमा नियन्त्रण कायम गरेको छ ।

८० वर्षकी पेलोसी ५० वर्ष भन्दा लामो राजनीतिक जीवनमा अधिकांश समय अमेरिकी राजनीतिमा प्रमुख पात्रका रुपमा रहेकी छन् । सभामुखका रुपमा उनी नयाँ राष्ट्रपतिका एजेण्डाहरु अघि बढाउन महत्वपूर्ण साबित हुने छिन् ।

आइतबार भएको मतदानमा उनले २१६ मत पाइन् । रिपब्लिकनहरु उनीविरुद्ध एकतावद्ध थिए । तल्लो सदनका रिपब्लिकन लिडर केविन म्याकर्थीले २०९ मत पाए ।

तल्लो सदनमा निकै साँघुरो बहुमत रहेकाले काम गर्न यो पटक यसअघिको भन्दा कठिन हुने पेलोसीले बुझेकी छन् । तल्लो सदनमा डेमोक्र्याटहरुको अबको सेसनमा २२२ सिट हुनेछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!