Search

संयुक्त आन्दोलन गर्नुपर्ने दाहाल-नेपालको निष्कर्ष

संयुक्त आन्दोलन गर्नुपर्ने दाहाल-नेपालको निष्कर्ष

बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सबै दलहरू विरोधमा उत्रिए पनि छुट्टाछुट्टैभन्दा संयुक्त कार्यक्रम बढी प्रभावकारी हुने निष्कर्ष बैठकमा निस्किएको थियो । यसअघि सहकार्यको प्रस्ताव गर्दा कांग्रेसले आफ्नो छुट्टै अस्तित्व रहेकाले एकल विरोध गर्ने निर्णय गरेको थियो ।

कांग्रेसलगायतका दल संयुक्त विरोध गर्न नमानेपछि नेकपाको दाहाल–नेपाल पक्षले शनिबार आफ्नो दोस्रो चरणको आन्दोलन घोषणा गरिसकेको छ । कांग्रेसले आइतबार आफ्नो छुट्टै कार्यक्रम घोषणा गरेको छ । यो पृष्ठभूमि भए पनि संयुक्त विरोध गरेर जान सकिनेबारे बैठकमा छलफल भएको थियो ।

बैठकले कुनै पनि हालतमा असंवैधानिक कदमविरुद्ध पार्टी डटेर लड्नुपर्ने निष्कर्ष निकालेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको रक्षाका लागि पनि दृढतापूर्वक उत्रिनुपर्ने भन्दै नेता–कार्यकर्तालाई अपिल गरेका छन् । दाहाल–नेपाल समूहले अहिले जनवर्गीय संगठन, प्रदेश संगठनदेखि जिल्ला तहसम्म कार्यकर्ता भेला, प्रशिक्षण र विरोधका कार्यक्रम गरिरहेको छ । बैठकले नेपालको संयोजकत्वमा पार्टी एकताका बाँकी काम पूरा गर्न र नेताहरूलाई कार्यविभाजन गर्नका लागि एउटा कार्यदल गठन गरेको छ ।

कार्यदलमा स्थायी कमिटी सदस्यहरू गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, वेदुराम भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन् । कार्यदललाई एक साताको समयसीमा दिइएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!