Search

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

बाँपीझ्याला, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो।

यसअघि पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो। बैठकले आजदेखि निरन्तरता पाउने भएको हो।

बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् भने अब बाँकी नेताहरुले आफ्नो धारणा राख्नेछन् ।

आजको बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने तय गरिएको छ । काँग्रेसमा तत्काल आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खने भन्नेमा नेताहरूबीच मतभेद छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!