Search

२०२० मा टोकियो ओलम्पिकदेखि टी–२० विश्वकप स्थगित

२०२० मा टोकियो ओलम्पिकदेखि  टी–२० विश्वकप स्थगित

बाँपीझ्याला । गत वर्ष कोरोना भाइरसले सबै क्षेत्रमा प्रभाव पार्‍यो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका सबै राष्ट्रमा फैलिसकेका छन् । विश्वमै आक्रान्त बनाएको कोरोनाले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोतिगामा धेरै असर गर्‍यो । दैनिक हजारभन्दा माथि संक्रमित देखिन थालेपछि युरोपलगायत अन्य राष्ट्रले घरेलु खेलकुद प्रतियोगिता स्थगित गर्न बाध्य नै भए । टोकियो ओलम्पिकदेखि टी–२० विश्वकपसम्म गत वर्ष नै थियो । तर, कोभिडका कारण ती सबै महत्वपूर्ण खेल स्थगित भए ।

टोकियो ओलम्पिक
जापानले टोकियो ओलम्पिक खेलकुद प्रतियोगिताका लागि अर्बौँ डलर खर्च गरिसकेको थियो । कोभिड सुरु हुनुअघि लगभग सबै खेलस्थल तथा एथलेटिक्स भिलेज तयार पारिसकेको थियो । कोरोना भाइरस त्यति लामो समयसम्म नजाने र टोकियो ओलम्पिकको मितिसम्म भाइरस हट्ने आश गरिएको थियो । तर, कोरोना अनियन्त्रित तथा यसको भ्याक्सिन उत्पादन नहुँदा टोकियो ओलम्पिक आयोजना जोखिम हुने देखियो । टोकियो सहरका मेयर तथा आयोजक कमिटीका अध्यक्षसमेत रहेका योसिरो मोरीले दर्शक, खेलाडी तथा अफिसियलहरूको सुरक्षा जनाउँदै २०२१ सम्म टोकियो ओलम्पिक स्थगित गरेको घोषणा नै गरे ।

रहेनन् दुई लिजेन्ड
२०२० मा खेल क्षेत्रले दुई महान् व्यक्ति गुमायो । फुटबलका डिएगो म्याराडोना र बास्केटबलका कोवी ब्रायन्ट यस संसारबाट बिदा भए । यी दुवै व्यक्तित्व फरक–फरक क्षेत्रका भए पनि सम्मानित पात्र थिए । बास्केटबल क्षेत्रमा ब्रायन्टलाई एक ताराका रूपमा लिने गरिन्छ । अर्जेन्टिनी लिजेन्ड म्याराडोनाको निधनले संसारभरका फुटबलप्रेमी स्तब्ध बने ।

नाडालद्वारा फेडेररको बराबरी
कोरोना बिस्तारै फैलिरहँदा जनवरी महिनामा अस्ट्रेलियन ओपन भयो । शीर्ष वरीयताका नोभोक जोकोभिकले अस्ट्रेलियन ओपनमाथि कब्जा जमाए । त्यसपछि कोभिडको प्रभाव पर्‍यो । क्रमशः फ्रेन्च, विम्बल्डन तथा युएस ओपनको मिति सारियो ।

मार्चपछि एटिपी र डब्लुटिएले दर्शकरहित टेनिस प्रतियोगिता हुने घोषणा गर्दा खेलाडी दंग नै परे । युएस ओपनमा उपाधि दोबदार मानिएका राफेल नाडाल र रोजर फेडेरर नहुने भनिएपछि जोकोभिक नै एक मात्र शक्तिशाली खेलाडीका रूपमा रहे । तर, उनले क्वार्टरफाइनलमा अन्जानबस साइड बल अम्पायरलाई हान्न पुगे । युएस ओपन कमिटीले जोकोभिकलाई तत्कालै ‘प्रतियोगिताकै अयोग्य खेलाडी’ घोषित गरे । त्यसको केही समयपछि फ्रेन्च ओपन भयो । फाइनलमा नाडाल र जोकोभिकबीच फाइनल खेल भयो । क्ले कोर्टका बादशाहले जोकोभिकलाई सहजै ३–० को सेटमा हराउँदै कीर्तिमानी रूपमा १३औँपटक उपाधि जिते । उनले फेडेररको नाममा रहेको २० ग्रान्डस्लामको विश्वकीर्तिमानी बराबरी गर्न सफल रहे । पूरै वर्ष कोर्टबाहिर रहेका फेडेरर गत वर्ष सर्वाधिक कमाइ गर्ने खेलाडी बने ।

युएईमा आइपिएल
भारतीय क्रिकेट बोर्डले सुरक्षाको कारण देखाउँदै १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) युएईमा आयोजना गर्‍यो । युएईले कोभिडविरुद्ध अपनाएको नीति तथा सुरक्षा व्यवस्था राम्रो भएकाले बन्द रंगशालाभित्र आइपिएल सम्पन्न भयो । साविक विजेता मुम्बई इन्डियन्सले सहजै पहिलोपटक फाइनलमा पुगेको दिल्ली क्यापिटल्सलाई हराउँदै पाँचौँपटक च्याम्पियनसिप उपाधि जित्यो । आइपिएलमा यसपटक व्यक्तिगत रूपमा धेरै कीर्तिमान बने । चेन्नई सुपर किंग्स पहिलोपटक प्ले अफ स्थान बनाउन सकेन ।

३० वर्षपछि लिभरपुरको सान
प्रशिक्षक जर्गेन क्लोपले लिभरपुललाई ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि दिलाउन सफल भए । तीन दशकपछि लिभरपुल इपिएल च्याम्पियन हुँदा दर्शकको साथ भने पाएन । कोरोना महामारी चलिरहँदा बुन्डेस लिगा सुरु भएको थियो । बायर्न म्युनिखले आफ्नो लिगमा एकाधिकार जमाउँदै तीन उपाधि उचाल्यो । गत वर्ष नै बायर्नले पहिलोपटक फाइनल पुगेको पेरिस जेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

यता पाँच वर्षपछि रियल म्याड्रिडले स्पेनिस ला लिगा जित्यो । इटालीमा युभेन्ट्सलाई पाखा लगाउन अन्य क्लब देखिएनन् । बार्सिलोना एक दशकपछि उपाधिविहीन भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!