Search

राजकुलेश्वर आधारभूत विद्यालयलाई झोला वितरण

राजकुलेश्वर आधारभूत विद्यालयलाई झोला वितरण

अन्नपुर्ण श्रेष्ठ,
बाँपीझ्याला, दोलखा ।
स्वर्गिय पिता देव नारयण श्रेष्ठ तथा स्वर्गीय माता देवलक्ष्मी श्रेष्ठको सम्झनामा राजकुलेश्वर आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकाको लागि १५० थान झोला समाजसेवी हेमराज श्रेष्ठ तथा वहाँको भाई बहिनीहरुको तर्फबाट बितरण गरिएको छ ।


भीमेश्वर नगरपालिकाका नगर प्रमुख श्री भरतबहादुर केसी को प्रमुख आतिथ्यतामा उक्त झोाल वितरण गरिएको थियो । सहयोगी श्री हेमराज श्रेष्ठले आफ्नो मातापिताको सम्झना गर्दै आफ्नो बाल्यकाल यसै विद्यालयमा वितेको सम्झना सहितको अभिव्यक्त दिनु भयो । यसै गरी विद्यालय परिवारको तर्फबाट सम्मानपत्र प्रमुख अतिथीको हातबाट गर्हण भयो ।


समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख एवं आजका प्रमुख अतिथी भरत बहादुर केसीज्यूले नगरले गरेको अपेक्षा केलाउँदै शिक्षक, विद्यार्थी र अभिभावकलाई गुणस्तरीय शिक्षा प्रत्याभुति हुने सन्दर्भका बारेमा चर्चा गर्नुभएको गर्नुका साथै सहयोगिदातालाई धन्यवाद दिनुभएको थियो ।


कार्यक्रमलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर श्रेष्ठले उपस्थित प्रमुख अतिथि , हेमराज श्रेष्ठ, शरणकुमार श्रेष्ठ , अमरावती, शुभलक्ष्मी, अन्नपुर्ण र विश्व श्रेष्ठ मार्फत प्राप्त सहयोग प्रति कृतज्ञता अर्पण गर्दै आगामी दिनमा थप सहयोग समेतको अपेक्षा सहित कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद तथा आाभार प्रकट गर्दै औपचारीक कार्यक्रमको समापन गर्नु भयो ।

साथै अभिभावक समेत उपस्थित कार्यक्रमलाई चुलोमा बल्ने ग्याँस जोखिम न्युनिकरणका बारेमा समेत सचेतना कार्यक्रममार्फत थप उपलब्धीपुर्ण बनाइएको जानकारी प्राप्त भएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!