Search

चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखियो !

चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखियो !

१७ पुष, बाँपीझ्याला,काठमाडौं । चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ । एक वर्ष पहिले कोरोना भाइरसको शुरुवात भएको चीनमा बेलायतमा देखा परेको नयाँ प्रकारको कोरोना फेला परेको हो ।bचीनको वुहान हुँदै विश्वभर पुगेको कोरोनालाई नियन्त्रण गर्न नपाउँदै फेरि भाइरसको नयाँ प्रकार फेला परेको हो ।

चीनकी २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ ।

नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायतमा धेरै भेटिएको छ भने अन्य देशहरुमा पनि फैलिरहेको छ । यसको संक्रमण गति तीब्र मानिन्छ ।

बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि बेलायतसँगको आवातजावत नै धेरै देशले बन्द गरेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!