Search

बाद्यवादन, लाखेनाच प्रशिक्षण उद्घाटन र नेवाः दे दवु शैलुङ गाउँपालीका समिती गठन

बाद्यवादन, लाखेनाच प्रशिक्षण उद्घाटन र नेवाः दे दवु शैलुङ गाउँपालीका समिती गठन

शान्त श्रेष्ठ, दोलखा ।
१७ पौष, बाँपीझ्याला, दोलखा । नेवारी संस्कृती परम्पराले नेपालको पहिचान दिलाएको छ । यही सन्दर्भमा आफ्नो पहिचान कायम गर्न सहयोग पू¥याउने लक्ष्य र उद्देश्यले नेवाः दे दवु केन्द्रिय समिती र दोलखा जिल्ला समितीको आयोजना र शैलुङ गाउँपालीकाका नेवाः जातीको सक्रियतामा आजदेखि बाद्यवादन र लाखेनाच प्रशिक्षण शुरु गरेको छ ।


शैलुङ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष धुर्व कुमार श्रेष्ठको अध्यक्षता, गाउँपालीका अध्यक्ष भरत दुलालको प्रमुख आतिथ्य, यसै गरी विशेष अतिथीहरुमा गाउँपालीका उपाध्यक्ष लालमायाँ योञ्जन, नेवाः दे दवुका केन्द्रिय सचिव शान्त श्रेष्ठ, अतिथीहरुमा द्वाल्खा गुठीका कार्यसमिती सदस्य भल्ला मास्के, बनारसी सहयोगी हातहरुका कोषाध्यक्ष दिलिप श्रेष्ठ, प्रशिक्षक गुरु राम बहादुर श्रेष्ठ र व्यवसायी सिंह क्याटरिङका प्रबन्धक रामेश्वर श्रेष्ठ सहितको उपस्थिती रहेको थियो ।


१५ दिनसम्म सञ्चालन हुने उक्त तालिममा २०० जना प्रशिक्षार्थीहरुलाई तालिम दिईने जानकारी केन्द्रिय सचिव शान्त श्रेष्ठले बताउनु भयो ।
यसै गरी नेवाः दे दवु शैलुङ गाउँपालिका समिती गठन भएको छ । धन बहादुर श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय एक समिती गठन भएको जानकारी प्राप्त भएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!