अजय प्रधान,
१७ पौष, बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालिका वडा नं. २ सुन्टोपर, दोलखा स्थित भीम माध्यमिक विद्यालयको नवनिर्मित भवन आज शुक्रवार एक कार्यक्रमको आयोजना गरी जि. एन. एच. ए. को केन्द्रिय प्रतिनिधी केदार बहादुर तामाङको उपस्थितीमा हस्तान्तरण गरिएको छ ।
जी. एन. एच. ए. को ६५ लाख वित्तिय सहयोग र बिद्यालयको आफ्नै स्रोतबाट १० लाख गरी जम्मा ७५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको ।
६ कोठाको उक्त भवन बनाउन सम्झौता गरिए देखी निर्माण सम्पन्न हुन्जेलसम्म करिव तिन बर्ष लागेको जानकारी व्यवस्थापन समितीका अध्यक्ष बुद्धि बहादुर अचाजुले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुद्धि बहादुर अचाजुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी भीमेश्वर नगरपालीकाका उपमेयर कमला बस्नेत हुनु हुन्थ्यौ । यसै गरी विद्यालय भीमेश्वर नगर संघका अध्यक्ष हर्कबहादुर श्रेष्ठ, विद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष नारायण कृष्ण श्रेष्ठ, विष्णु सुवेदीको लगाएत स्थानिय जनप्रतिधी जुनकिरी विक, अभिभावकहरु, संघ–संस्थाका प्रतिनिधी, कार्यरत शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
उक्त हस्तान्तरण कार्यक्रमा शुभकामना मन्तव्यको क्रममा भीमेश्वर नगरपालीकाका उपमेयर एवं यस कार्यक्रमका प्रमुख अथिती कमला बस्नेतज्युले विद्यालय भवन निर्माण भए लगर्तै पठनपाठनमा सहज हुने र विद्यालयबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिनेमा आफु विश्वस्त रहेको कुरा बताउनु भयो । साथै मन्तव्यको क्रममा वहाँले शिक्षा क्षेत्रको विकास र उन्नतीको लागि भीमेश्वर नगरले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको र गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि कार्यरत शिक्षकहरुको क्षमता अभिबृद्धिको लागि तालिम, गोष्ठीमालाई प्राथमिकता दिनु पर्ने कुरामा जोड दिनु भयो ।
यसै गरी बिद्यालय भीमेश्वर नगर संघका अध्यक्ष हर्कबहादुर श्रेष्ठले विद्यालयमा पर्याप्त मात्रामा शिक्षकहरुको व्यवस्था गर्दै शिक्षामा राम्रो नतिजा ल्याउने वातावरण निर्माण गरिने बताउनु भयो । शुभकामना मन्तव्यको क्रममा पूर्व विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरु नारायण कृष्ण श्रेष्ठ, विष्णु सुवेदी लगाएका अतिथीहरुले आ–आफ्नो तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
मन्यतव्यको क्रममा विद्यालयका प्रधानाध्यापक शेषनाथ आचार्यले विद्यालयको आफ्नै सुविधा सम्पन्न भवन भएको कारणले अव अध्यापनको लागि सहज हुने कुरा बताउनु भयो ।
हाल यस विद्यालयमा २ सय ४० छात्र र २ सय २० छात्रा गरी जम्मा ४ सय ६० अध्ययनरत विद्यार्थी रहेको व्यवस्थापन समितीका अध्यक्ष अचाजुले बताउनु भयो ।
े