Search

राप्रपाले हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनाको माग गर्दै सडकमा

राप्रपाले हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनाको माग गर्दै सडकमा

बाँपीझ्याला, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ । हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितका माग राख्दै राप्रपाले प्रदर्शन गरेको हो ।
काठमाडौंका विभिन्न स्थानबाट निकालिएको जुलुस प्रदर्शनीमार्गमा जम्मा भएर भद्रकाली, सहिदगेट, महाँकाल हुँदै रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो ।

विरोध जुलुसमा राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापासहित नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
पार्टीले हिन्दुराष्ट्र र राजतन्त्रको पुनःस्थापनासहित भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्यालगायतका विषयको समाधान गर्न सरकारलाई दवाव दिन प्रदर्शन गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी गराए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment