Search

राष्ट्रपतिलाई बस्नेतको सुझाव, केपी गुटबाट चुनाव लड्नुस्

राष्ट्रपतिलाई बस्नेतको सुझाव, केपी गुटबाट चुनाव लड्नुस्

बाँपीझ्याला, गोरखा । राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिएर ओली गुटबाट चुनाव लड्न कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सुझाव दिएका छन् । बिहीबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै बस्नेतले यस्तो सुझाव दिएका हुन् ।

उनले भने, “प्रधानमन्त्री भन्दा एक कदम अगाडि बढेर उहाँले प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावका लागि सिफारिस गर्नुभाछ अब राजीनामा दिएर केपी ओलीको गुटमा साधारण सदस्य लिने अनि चुनाव लड्दै हिँडे हुन्छ ।” उनले संसद विघटनमा राष्ट्रपतिले प्रधानमन्त्री ओलीले जेभन्यो त्यही गरेको आरोपसमेत लगाएका छन् ।


राष्ट्रपति सबै नेपालीको अभिभावक हुनु पर्ने उनले बताएका छन् । राष्ट्रपति भण्डारीले यस्तो विषयमा सहि भूमिका निर्वाह गर्न नसकेकोसमेत उनले बताएका छन् ।

उनले राष्ट्रपतिबाट अब यो मुलुकमा केही हुन्छ भन्ने सोच नेपाली जनताबाट हराइसकेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम लहडमा हो कि कुनै विदेशी चलखेल भएको हो बुझ्नु पर्ने बताए । संसद विघटन सर्वोच्चमा विचाराधीन रहेकोले आफूहरुले अदालतको फैसलालाई स्वीकार गर्ने बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!