Search

गौरीशंकर गाउँपालिका मार्बुका किसानलाई आलुको बिउ वितरण गर्ने

गौरीशंकर गाउँपालिका मार्बुका किसानलाई आलुको बिउ वितरण गर्ने

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्बुका कृषकहरुलाई आलुको बिउ वितरण गर्ने भएको छ । भुमेथान बहुउद्देश्यीय कृषक समुह गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्फत आलु खेती गर्न चाहने कृषकहरुलाई आलुको बिउ वितरण गर्न लागिएको हो । गौरिशंकर गाउँपालिकाको १ वडा १ कृषि कार्यक्रम अन्तर्गत वडा नम्बर ७ मार्बुमा आलु खेति छनोट भएको छ । २ रोपनी वा २ मुरीभन्दा बढी आलु खेती गरिसकेका किसानलाई ७० प्रतिशत अनुदानमा आलुको विउ वितरण गर्ने वडा नम्बर ७ का वडा अध्यक्ष आङदोर्जे शेर्पा (रिन्जी) ले जानकारी दिनुभयो ।


कार्यक्रममा सहभागी हुन इच्छुकले पौष २५ गते भित्र भुमेथान बहुउद्देश्यीय कृषक समुह वडा नम्बर ७ मार्बुमा निवदेन पेश गर्न अनुरोध गरिएको छ । हाल सम्म वडाका करिव २० जना किसानले आवेदन दर्ता गरिसकेको कृषक समुहका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिनुभयो । आलुको विउ वितरणका लागी वडामा ५ लाख बजेट प्राप्त भएको छ ।


जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्बु आलु खेतीका लागि उपयुक्त मानिन्छ । उत्तरी क्षेत्रमा पर्ने मार्बुको बालेम, जोमजोम लगायतका ठाउँहरुमा वर्षे आलु खेति प्रशस्त गर्ने गरिएको छ ।
माघ महिनाबाट रोप्न सुरु गरिने आलु साउन महिनामा खन्ने गरिन्छ । उच्च क्षेत्रमा खेति हुने आलु स्वादिष्ट समेत हुन्छ । मार्बुको अत्याधिक आलु उत्पादन हुने क्षेत्र बालेम दाम्जी लगाएतका स्थानमा सडकको पहँुच पुगेसँगै व्यवसायीक रुपमा आलु खेति गर्ने किसानको संख्या समेत बढेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!