Search

चिनियाँ नागरिक झोंग शानशान बने एसियाको सबैभन्दा धनी व्यक्ति, यसकारण पछि परे मुकेश अम्बानी

चिनियाँ नागरिक झोंग शानशान बने एसियाको सबैभन्दा धनी व्यक्ति, यसकारण पछि परे मुकेश अम्बानी

बाँपीझ्याला, काठमाडौं । मुकेश अम्बानीलाई पछाडि पार्दै चीनको वाटर किङ भनेर चिनिने उद्योगपति झोंग शानशान एसियाको सबैभन्दा धनी व्यक्ति भएका छन् । वित्तिय पुँजीको क्षेत्रमा चर्चित भारतीय कम्पनी रिलायनस इन्डस्ट्रीज लिमिटेड (आरआइएल)ले सन् २०२० मा ४७ करोड भारुभन्दा बढी सम्पत्ति थपेपनि रिलायन्सका मालिक अम्बानीको एसियाको सबैभन्दा धनी व्यक्तिको ताज जोगिन सकेन ।

झोंग शानशानको कुल सम्पत्ति यो वर्ष ७०.९ अबर डलरबाट बढेर ७७.८ अबर डलर पुगेको छ । उनले चीनका सबैभन्दा धनी व्यक्ति ज्याक मा र अलिबाबालाई पनि पछाडि पारेका छन् ।

शानशानले बोत्तलमा पानी बेच्छन् र कोरोनाको खोप बनाउने काममा पनि जुटिरहेका छन् । शानशान एक यस्तो खर्बपति हुन् जसको बारेमा मिडियामा चर्चा कम हुन्छ । उनले आफ्नो जीवनकालमा पत्रकारिता, च्याउ खेती र स्वास्थ्य सेवा जस्ता क्षेत्रमा काम गरेका छन् । झोंगले चिनियाँ प्राविधिकहरुको ए समूहसँग सहकार्य गरेका छन्, जसमा मुकेश अम्बानी र ज्याक मा पनि सहभागी छन् ।

ब्लूमबर्ग बिलियनेयर्स सूचकका अनुसार सन् २०२० मा झोंगको सम्पत्ति बढेर ७७.८ अबर डलर पुगेको छ । एकातिर कोरोना महामारीका कारण संसारभररकै अर्थतन्त्र डामाडोल भइरहेको छ भने अर्कोतिर झोंग शानशानको सम्पत्ति झन् तीव्ररुपमा बढेको देखिएको छ । उनी घाटामा जाने व्यावसायीहरुको हूलमा अपवाद बनेका छन् ।

६६ वर्षीय झोंगलाई चीनमा लोन वुल्फ अर्थात् ऋणी ब्वाँसोको रुपमा पनि चिनिन्छ । अप्रिलमा उनको बेइजिङ वेन्टाई बायोलोजिकल फार्मेसी इन्टरप्राइज कम्पनीबाट खोप विकसित गरियो र केही महिनापछि बोत्तलको पानी बनाउने नोंगफू स्प्रिङ्ग कम्पनी हङकङमा सबैभन्दा लोकप्रियमध्ये एक बन्यो । यसैले संसारभर महामारीको दुश्प्रभाव चलिरहँदा उनको सम्पत्ति भने तीव्ररुपमा बढ्यो ।

अलिबाबाका सहसंस्थापक ज्याक माको सम्पत्तिमा पछिल्लो दुई महिनामा १०१० करोड डलरको गिरावट आएको छ । माको सम्पत्ति अक्टोबरको अन्तिममा ६१०० करोड डलर थियो । तर अब उनको सम्पत्ति घटेर ५०९० करोड डलर भएको छ । उनी ब्लूमबर्गको टप(५०० धनीको सूचिमा २५औं स्थानमा रहेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!