Search

डिजिटल बजारीकरण गर्ने हो त ?

डिजिटल बजारीकरण गर्ने हो त ?


गुणकेसरी प्रधान मानन्धर, एमएससि कम्प्युटर ईन्जिनियर
अहिलेको युग इन्टरनेटको युग, अहिलेको युग सामाजिक संजालको युग, अहिलेको युग मोबाइलको युगरअहिलेको समय covid-19 ले पिडित समग्र यसो भन्नाले संसार भरीकै जनमानसको ठुलो सागरलाई हामीले इन्टरनेट भित्र भेटाउन सक्छौं र जतिपनि समाचारहरु छन् त्यो इन्टरनेट, सामाजिक संजालमा पाउन सक्छौं । Marketing भनेको Mass मा पुग्नको लागि गरिने ब्यापार हो । ःबकक इन्टरनेट मा छ र Digital भइसकेको छ । यसर्थ अहिलेको युगलाई सुहाउँदो Marketing Digital Marketing नै हो भन्दा दुईमत नहोला ।

Gunakeshari Pradhan Manandhar

MSC Computer Engineering
Former Director of Nepal Telecom
(Director International Services Directorate, Director Information System Support Directorate/IT)
Socially engaged as:
President Women In Information Technology
Executive member of Federation of Computer Association Nepal

संसारमा जस्तै हामी नेपालमा Digital हुन आवश्यक माध्यम मोबाइल र इन्टरनेटको पहुँच नेपालमा पनि बढ्दै गएको छ, र स्मार्टफोनको उपलब्धि पनि सहज बन्दै गएको छ । World Sat को मेय ३१, २०२० को दाटा अनुसार नेपालमा १६.१९ मिलिओंन इन्टरनेट प्रयोगकर्ताहरु छन् र मार्च ३१, २०२० तथ्यांक अनुसार नेपालमा १०.४१ मिलिओंन फेसवुक प्रयोगकर्ता छन् नेपालमा फेसवुक, ईष्टग्राम, भाईबर र युवट्युव जस्ता सामाजिक संजालका च्यानलहरु अति प्रचलित छन्
यस इन्टरनेटर सामाजिक सञ्जाल अनुकुल बातावरण भएपछि बिगत ५–६ वर्ष देखि धमाधम डिजिटल बजारीकरण गर्ने एजेन्सीहरु खुल्नुका साथै धेरै युवा तथा सामाजिक संजालमा सक्रिय समूहको लागि यो पेशा आक्रशकभएका छन् । यति मात्र नभई यस्तो मार्केटिंग थोरै पैसामा सुरु गर्न सकिने कति प्रभावकारी रुपमा अगाडी बढीरहेको छ सो को तुरुन्तै विश्लेषण सहित गर्न सकिने भएकोले सानो तथा मध्यम व्यापार व्यवसाय प्रवरधन को लागिपनि उपयुक्त देखिन थालेकोछ ।

डिजिटल मार्केटिङ के होला ?
डिजिटल मार्केटिङ एउटा यस्तो ब्यबसाय गर्ने तरिका हो जसमा Potential ग्राहकहरुलाई online पहिचान, connect तथा प्रभाव पारी आफ्नो उत्पादन र सेवाहरु बेच्न कोसिश गरिन्छ यो कार्य गर्नको लागि इन्टरनेटमा Mass प्रयोगकर्ताहरुले अत्यधिक प्रायोजन गरिरहेएका च्यानलहरु मार्फत नै Marketing गरिन्छ । उदाहरणको लागि केहि सूचना खोजी गर्नको लागि Google Search Engine अत्यधिक मात्रामा प्रयोग गर्छौ । अन्य search engine हरुमा Bing र Yahoo पनि हुन् । साथी, परिवार तथा अन्य Interest समुहमा सम्पर्कमा रहि जानकारी तथा सूचनाहरु आदान प्रदान गर्न सामाजिक संजालका च्यानलहरु जस्तैः फेसवुक, ईष्टग्राम, ट्वीटर, ह्वाष्टअप, युउट्युव र भाईबर इत्यादि प्रयोग हुन्छन ।


डिजिटल मार्केटिङका Assets भन्नाले Website, Logos, Content को रुपमा रहेका Text Video तथा फोटोहरु, आदान प्रदान गरिएका साम्रगीहरु, सामाजिक संजालका पेजहरु इत्यादिको साथै Online काम गर्न च्यानल Owner गुगल, फेसबुक ब्यबस्थित गरिएका Online tools र अन्य तेस्रो पक्षीय tools हरु बुझ्न सकिन्छ । यी सबै Assets तथा च्यानलहरु प्रयोग गरी आ–आफ्नो उत्पादन तथा सेवाको प्रवृति र प्रकृतिको आधारमा Digital Marketing Strategy बनाउनु पर्ने हुन्छ र सो Marketing स–शुल्क अर्थात्नि शुल्क पनि हुन्छ ।


निशुल्क बजारीकरण भन्नाले च्यानल वेभसाईट स्वाभित्वहरुलाई कुनै शुल्क नतीरी ब्यबसायीहरुले आ–आफ्ना उत्पादन र सेवाहरुको search engine results तथा सामाजिक संजालहरु मार्फत प्रचार प्रसार गराउने तरिका भन्नेर बुझिन्छ । सामाजिक संजालमा share, link, comment गरी उत्पादन तथा सेवा सम्बन्धि कुराकानी गराईन्छ । साथै आफ्नो content लाई आकर्षक तथा keyword हरुको प्रयोग गरी Search Engine Result हरुमा प्राथमिकतामा ल्याउने गरिन्छ ्र कहिलेकहिँ content लाई धेरै घेरै user हरुले मन पराउन सक्छन्, र यो भाईरल हुन्छ, यस्तो बेलामा content owner ले पनि कमाउन सक्छ ।


सशुल्क Marketing भन्नाले च्यानल owner तथा सो मार्फत website हरुलाई ब्यबसायीहरुले केहि शुल्क दिई आ–आफ्ना उत्पादन र सेवाहरुको बिज्ञापन सम्बघित search result तथा सामाजिक संजालहरु मार्फत प्रचार प्रसार गरिने तरिका हो। जस्तै facebook तथा google मा भएको PPC (pay per click ads, ads Display) नेटवर्क र सामाजिक संजालहरुका अन्य बिज्ञापन यस्ता बिज्ञापनहरुलाई प्राथमिकतामा राख्न विभिन्न थरीका खुल्ला प्रतिस्पर्धा हुनेगर्छ ।
Digital Marketing उदेश्य अनुसार तथा समयानुकुल भए नभएको, कति प्रयोगकर्ताहरुले website visit गरी कति समय बिताएको इत्यादिलाई विश्लेषण गर्न google तथा facebook जस्ता owner हरुले छुट्टै analytics tools को निशुल्क व्यवस्था पनि गरेकाछन् google ले Digital Marketing कार्यमा fraud भईरहेको छ छैन continuous विश्लेषण गरिरहेको हुन्छ र समय समयमा आफ्नो search algorithm हरु पनि परिवर्तन गर्ने गर्दछ ।

नयाँ पिंढीको लागि बढी आकर्षक पेशा
यसरी Digital Marketing को च्यानल owner हरुको व्यवस्था, उनीहरुको मनोविज्ञान, online प्रयोगकर्ताको व्यवहार, मनोविज्ञान, नयाँ नयाँ प्रबिधिहरु बुझेर Digital Marketer ले समय र परिस्थिति अनुसार strategy हरु परिवर्तन गरी रहनु पर्ने, नयाँ प्रबिधि सम्बन्धि सधैं जानकारी राख्नु पर्ने भएकोले Digital Marketing ब्यबसाय नयाँ पिंढीलाई सुहाउँदो ब्यबसाय हुन आउंछ यो ब्यबसायको लागि कुनै बिशेष किसिमको शैक्षिक योग्यताको आवश्यकता नहुने तर Marketing ब्यबसायमा धेरै चासो भएका, इन्टरनेट र सामाजिक संजालमा अत्यधिक रमाउन सक्ने, Digital Marketing tools सम्बन्धि जानकारी भएका जुन सुकै व्यक्तिहरु यस क्षेत्रमा अगाडी बढ्न सक्ने देखिन्छ ।


यो ब्यबसायमा योग्यता अनुसार SEO – search engine optimizer, PPC manager, content writer, v-blogger/ blogger, social media manager, graphics/ website designer, data reporting and analytics manager जस्ता पदहरुमा कार्य गर्न सकिन्छ । SEO technical हुने र free lancing klg गरिन्छ ।

Digital Marketing का नयाँ Trend हरु :

Voice Search:
सन् २०२१ सम्ममा संसारमा ५०५ Internet मा खोजि Voice मार्फत हुने अनुमानित गरिएको छ, यसले क्भ्इ को कार्यलाई जटिल बनाउन तथा नयाँ परिभाषा दिन सक्छ ।

Youtube Search:
झनै लोकप्रिय हुने तथा user video contents र v-bloggers हरुको demand बढ्ने देखिन्छ ।

Podcasts:
यस व्यवस्थामार्फत प्रयोगकर्ताले अत्यधिक जानकारी लिने हुन्छ, येसले voice contents को मार्केट निकै बढाउनेछ ।

Omni Channel Approach:
Data consistency को आवश्यकता बढने तथा एकै platform बाट अन्य platform मा रहेका उत्पादन र सेवाहरु खरिद गर्न सकिने,सहज हुने ।

Influencer Marketing:
अत्यधिक प्रयोग हुनेछ । हाल नेपालमा पनि instagram मार्फत केहि popular influencer हरु बनिसकेका छन् । जस्तै, food, makeup, clothes इत्यादिको क्षेत्रमा र सामाजिक संजालको सानो समूहमा popular भएका influencer हरुले पनि मार्केटिंग गर्ने अवोसर पाउने छन् ।

Artificial Intelligence Driven Marketing:
बढ्ने छ, यसले मार्केटिंगमा ठुलो परिबर्तन हुने संकेत दिन्छ । हाल chart bots मार्फत सूचना लिने, २४ सै घण्टा कुरा गर्न सकिने, products कसरी तयार गरिएको सम्बन्धि visualtour सुरु भैसकेको छ ।

Social Messaging apps:
Facebook, messanger, viber इत्यादिको प्रयोग अझ बढि हुने ।

Visual search:
अत्यधिक प्रयोग हुने जस्तै फोटो खिचेर online खोजि image भित्र को कुनै बस्तु online खोजिगरि shopping गर्न सकिने ।

Micro Moments:
प्रयोजन बढ्दै जाने ।

Guerrilla Marketing Online:
अचम्मको scene create गरी सामाजिक संजालमा आफ्नो कुरा share प्रचार गराउने प्रविधिको अत्यधिक प्रयोग हुने ।


अन्तमा अबका Trend हरुले Digital Marketing मा जटिलता पकै आउछ, तरसूचना तथा संचार प्रबिधि संग संगै हातेमालो गर्दै, कम लगानीमा नै online user को रुची बुजेर रुची अनुसारको mass users लाई छाप पार्न सक्ने ब्यबसाय भएकोले Digital Marketing को क्षेत्र र प्रबाब भविष्यमा बढ्दै जाने निश्चित छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!