Search

यमनका प्रधानमन्त्री माथि बिद्रोहीको आक्रमण २२ को मृत्यु

यमनका प्रधानमन्त्री माथि बिद्रोहीको आक्रमण २२ को मृत्यु

१५ पाैष, बाँपीझ्याला, बीबीसी । यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आ’क्रमणमा कम्तीमा २२ जनाको मृ’त्यु भएको अधिकारीहरूले जनाएका छन्। ५० भन्दा बढी घा’इते भएको बताइएको छ। यु’द्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै कम्तीमा एउटा वि’स्फोट भएको विवरण प्राप्त भएको छ।

घ’टनामा हताहत हुनेमा सहायतामा जुटेकाहरूका साथै अधिकारीहरू रहेको बताइएको छ। तर त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू “सकुशल”रहेको बताएका छन्। सूचना मन्त्रीले हुथी वि’द्रोहीहरूले “काय’रतापूर्ण आ’तङ्कवादी कार्य” गरेको आ’रोप लगाएका छन्।

सन् २०१५ देखि यमन द्व’न्द्वको चपेटामा परेको छ। साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुन: स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमनमा समस्या देखा परेको हो।

त्यहाँ द्व’न्द्वका कारण ११०,००० भन्दा बढीले ज्यान गुमाएको बताइएको छ जसले लाखौँलाई भोकमरीको चपेटामा पारेको छ। कोभिड-१९ महामारीले यमनको अवस्था झन् कमजोर बनाइदिएको छ।

भिडिओ फुटेजमा यात्रीहरू उत्रिँदै गरेका बेला ठूलो वि’स्फोट भएको देख्न सकिन्छ। मन्त्रीहरूको स्वागतका लागि पुगेको भिड एयरपोर्ट टर्मिनलबाट बाक्लो धुवाँ निस्किएको देखे पछि भागेका थिए।

त्यसको केही समयमै ब’न्दुक प्रहारको आवाज सुनिएको थियो। समाचार संस्था एएफपीका संवाददाताले आफूले कम्तीमा दुई वटा वि’स्फोट सुनेको बताएका छन्।

अन्तर्राष्ट्रिय समन्वय सम्बन्धी मामिला हेर्ने एक जना मन्त्रीले पनि दुई पटक वि’स्फोटन भएको बताए। हालसम्म घ’टनाको कारण स्पष्ट हुन सकेको छैन। साउदी अरेबियाको एउटा टेलिभिजन च्यानलले प्रसारण गरेको भिडिओमा धावनमार्ग (टरम्याक)मा मिसाइल आ’क्रमण गरिएसँगै वि’स्फोट भएको देखिन्छ।

यमनको एउटा समाचार वेबसाइट अल-मस्दरले श्रम मन्त्रालयका उप सचिव मा’रिएको र दुई जना उप-मन्त्री घा’इते भएको उल्लेख गरेको छ।

प्रधानमन्त्री मीन अब्दुल मलिक सइद सहित मन्त्रिपरिषद् सदस्यहरूलाई आ’क्रमण लगत्तै सुरक्षित स्थलमा लगिएको थियो।

सन् २०१९ को अगस्टमा सैन्य परेडका बेला हुथि वि’द्रोहीहरूले गरेको आ’क्रमणमा ३६ जनाको मृ’त्यु भएको थियो।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!