Search

सम्पदा निर्माण–पुर्ननिर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुगः मेयर शाक्य

सम्पदा निर्माण–पुर्ननिर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुगः मेयर शाक्य

बाँपीझ्याला, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि अहिले स्वर्णयुग भएको बताउनु भएको छ । आज वडा–३१ कार्यालयको भवन शिलान्यास गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुग हो,’ शाक्यले भन्नुभयो, ‘अहिले जति सम्पदा निर्माण–पुर्ननिर्माणको काम यस अघि भएको थिएन । हामी गौरवका साथ भन्न सक्छौँ । हाम्रो पालामा जति सम्पदा निर्माण, पुर्ननिर्माणको काम यस अघिका जनप्रतिनिधिबाट भएको थिएन ।

उहाँले सम्पदा संरक्षणकै लागि हरेक जात्रा–पर्वलाई जिवन्न राख्न सबै गुठियारसँग समन्वय गरेर महानगरपालिका अघि बढेको पनि बताउनुभयो । ‘गुठियारहरुलाई सम्मान गर्ने काठमाडौँ महानगरले नीति नै बनाएको छ,’ शाक्यले भन्नुभयो, ‘काठमाडौँ महानगरले अमूर्त सम्पदाको संरक्षण गर्न सदियौँदेखि लागेका सम्पूर्ण गुरुहरुलाई सम्मान गर्दै आएको छ । कुमारी जात्रालाई निरन्तरता दिनका लागि हामीले पाँच करोडको अक्षयकोष स्थापना गरेका छौँ ।


शाक्यले सेतो मच्छेन्द्रनाथलगायतका जात्रालगायतका लागि पनि महानगरपालिकाले सहयोग गर्दै आएको स्मरण गराउनुभयो । ‘हामी सम्पदा संरक्षणका लागि सक्दो सहयोग गर्न तयार छौँ । विवाद भएका बाहेक र हामीले देखेका सबै ठाउँमा काम गर्दै आएका छौँ,’ उहाँले भन्नुभयो, ‘यति गर्दागर्दै पनि अझै कतै बाटो निर्माण गर्ने, सम्पदा संरक्षण गर्नेलगायतका काम छुटेको छ भने जानकारी दिनुहोला, हामी हाम्रै कार्यकालमा सम्पन्न गर्ने गरी काम गर्न तयार छौँ । म अहिले काम गर्ने ठाउँमा छु । चुनावी प्रतिवद्धता अनुसार काम गरेर देखाउन सक्छु । त्यसका लागि तयार छु ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!