Search

बयलगाढाको सिद्धान्त केपी ओेली बयलगाढामै छन् – नेकपा अध्यक्ष प्रचण्ड

बयलगाढाको सिद्धान्त केपी ओेली बयलगाढामै छन् – नेकपा अध्यक्ष प्रचण्ड

१४ पौष, बाँपीझ्याला, काठमाण्डौं । नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड ले प्रधानमन्त्री ओलिको वयलगाडा सिद्धान्त थाहा हुँदा हुँदै पार्टी एकता गर्नु मेरो गल्ती भएको स्वीकार गरेका छन् । आज असंवैधानिक संसद विघटन विरुद्व संघर्ष भृकुटीमण्डपमा कोणसभा सम्वोदन गर्दै प्रचण्ड ओलि गणतन्त्र,धर्म निरपेक्षताको विरोधी र समाजवाद विरोधी र तानाशाह भएको बताउनुभयो ।

ओलिले २०४७ सालको संविधानमा टेकेर संसद विघटन भएको तर २०७२ को संविधानले प्रमलाई संसद विघटन गर्ने अधिकार नभएको, विघटन संविधानको मर्म विपरीत भएको तथा ओलिले आफ्नो सरकार चाहिँ विघटन गर्नु भएको छ, ओलिको कदम अलोकतान्त्रिक,असंबैधानिक र जनभावना विपरीत भएको उल्लेख गर्नुभयो ।

उनले अव सर्बोच्च अदालत र निर्वाचन आयोग माथी पुर्ण विश्वास भएको आशा छ हाम्रो पक्षमा फैसला हुनेछ, – समयमै गल्ती सच्याएन्न भने तिनीहरुलाई नेपालि जनताले फाल्नेछ्न, ओलिले १ वर्ष अघि नै पार्टी फुटाउन खोजेको, ओलिले विभिन्न जालझेलका साथ संसद विघटन गरिएको आरोप लगाउनुभयो ।

भोलि नै बैठक बसि थप कार्यक्रम तय गरिनेछ तपाईहरु कडा आन्दोलनको लागि तयारी गर्नुस् ।संसद भङ्ग गरेर मलाई जनताको माझ पुर्याइदिनु भएकोले ओलि जि लाई धन्यवाद दिनु चाहन्छु, जनताको साथ भएकोले हामिले जित्यौ तर केपि ओलि प्रतिगमनको साथ भएकोले तिनले हारे ! एक जनाको सनक भरमा संसद विघटन, विधेयक ल्याउने र पार्टी विभाजन भएको, यो हुनेवाला चुनाव घोषणा नभएको बैशाख पछि केपि ओलिको प्रधानमन्त्री र राजनीतिक जीवन समेत नरहने बताए ।

उनले सम्पुर्ण बाम पार्टीहरुलाई यस आन्दोलनलाई समर्थन र सहयोग गरिदिनु हुन अनुरोध गर्नुभएको छ ।

भोली नेकपा बैठक बस्दै

नेकपाले अव भोलि पार्टी कार्यलय पेरिस डाडामा बिहान ११:०० अखिल महिला संघ को भेलाको आयोजना गर्दै छ । दिउँसो मध्याह्न १२:०० स्थायी समिति बैठक आयोजनता तथा दिउँसो १५:०० बजे पत्रकार सम्मेलन कार्यक्रम हुने नेकपा जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!