Search

स्किन सिटीको सिइओमा बर्षा सिवाकोटी

स्किन सिटीको सिइओमा बर्षा सिवाकोटी

बाँपीझ्याला, काठमाडौँ। नायिका बर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटलअन्र्तगत रहेको स्किन सिटीको सिइओ नियुक्त भएकी छन्। उनले आफू अभिनय क्षेत्रसँगै व्यापारिक क्षेत्रमा पनि अगाडी बढाएको बताएकी छन्।

आफ्नो नयाँ काममा सबैको साथ, सहयोग, सुझावको अपेक्षा रहेको बताएकी छन्। छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीलाई नयाँ उचाईमा लैजाने उनको पहिलो प्रतिवद्धता रहेको उनले बताएकी छन्। स्किन हस्पिटलमा उनको शेयर पनि रहेको छ।

‘चलचित्र उद्योगसँगै व्यापारिक रुपमा पनि अघि बढ्दै गर्दा चुनौतीहरु धेरै छन् । तर, सम्भावना पनि धेरै देखेकी छु । लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय रहेको सबैलाई थाहै छ, मैले काम गरेका चलचित्रहरुलाई सबैले मन पराउनुभएको छ । अब व्यापारिक रुपमा पनि आफुलाई आवद्ध गराएकी छु । आशा छ यो यात्रामा पनि म सफल हुनेछु’, उनले भनिन्।

उनले हाल भैसेपाटीमा मात्रै रहेको स्किन सिटी बिस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने योजना रहेको बताएकी छन्।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!