Search

प्रतिनिधी सभा विघटनको घटना संविधान र संघिय व्यवस्थामाथि नै खतरा: दिव्यमणी राजभण्डारी ,नेपाली काँग्रेस नेता

प्रतिनिधी सभा विघटनको घटना संविधान र संघिय व्यवस्थामाथि नै खतरा: दिव्यमणी राजभण्डारी ,नेपाली काँग्रेस नेता

बाँपीझ्याला, काठमाडौं । प्रतिनिधी सभा बिघटन गर्ने कार्य प्रधानमन्त्री ओली र राष्ट्रपती भण्डारीले गरेको विरोधमा आज नेपाली काँग्रेस केन्द्रिय समितीले आब्हानमा देशभरी सडक आन्दोलनका साथ विरोध प्रर्दशन गरेको छ । यसै गरी नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य दिव्यमणी राजभण्डारीले संसद विघटनको घटनापछि संविधान र संघिय व्यवस्थामाथी नै खतरा बढेको बताएका छन् । प्रतिनिधि सभा विघटनको बिरोधमा सोमबार काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत नारायणचौर नक्सालमा भएको बिरोध सभालाई सम्बोधन गर्दै नेता राजभण्डारीले संसद विघटनपछि संविधान र व्यवस्थामाथी नै खतरा बढ्दै गएको बताउनु भयो ।


अहिले ओलीले गरेको प्रतिनिधी सभा बिघटन कानुन सम्मत नभएको बताएका छन् । नेपालको कानून र संविधान भन्दा बाहिर गएर प्रधानमन्त्री ओली र राष्ट्रपतीले प्रतिनिधी सभा बिघटन गरेको बताउनु भयो । सांसद पद गौण हो, संविधान र व्यवस्था महत्वपूर्ण कुरा हो, प्रतिनिधी सभा विघटनबाट संविधानले देखाएको विधि र पद्धतीलाई नै मास्ने काम भयो, यो संविधान र व्यवस्थाका लागि घातक भएको नेता राजभण्डारीको भनाई रहेको थियो ।


लोकतन्त्र र गणतन्त्रका लागि नेपाली आमाका २० औं हजार सपुत छोराछोरीहरुले ज्यान गुमाएपछि पनि देशमा अस्थिरताको अवस्था आउनु गलत भएको समेत बताए । कांग्रेस भित्र संसद विघटनको विरोध र निर्वाचनका विषयमा भइरहेको मतान्तरका विषयमा भने नेता भण्डारी फरक ढंगले हुनु भएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!