Search

एउटा यस्तो प्रेम कहानीको आइटम गीत ‘हलाल’ सार्वजनिक

एउटा यस्तो प्रेम कहानीको आइटम गीत ‘हलाल’ सार्वजनिक

बाँपीझ्याला, काठमाडौं । फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा रहेको आइटम गीत ‘हलाल’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मिना निरौलाको स्वर, बीबी थापाको शब्द, किशोर थापाको संगीत छ । गीतमा अभिनेत्री सुष्मा कार्कीको आइटम नृत्य छ । गीतको भिडियोमा फिल्मका केही एक्सन दृश्यलाई पनि समावेश गरिएको छ ।

अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ । फिल्मबाट करिश्मा मानन्धरकी छोरी कविता मानन्धर, शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र संयग दर्शनधारीले डेब्यू गर्दैछन् ।

फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा यशोधा राई र दिनेश दर्शनधारीको लगानी छ । फिल्मका निर्देशक दीपेश सापकोटा हुन् । फिल्ममा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापामगर, तारा तुलाधर सह–निर्माताको रुपमा छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment