Search

लिस्वाेन कि सुन्दर परि र उनि भित्रकाे पीडा – लघुकथा

लिस्वाेन कि सुन्दर परि र उनि भित्रकाे पीडा – लघुकथा

१३ पाैष, बाँपीझ्याला, लिस्वाेन (पाेर्चुगल ) । जब जब उनलाई देखथे तब तब म आफू बिबाहित र सन्तानकाे बाबा हु भन्ने नै बिर्सन्थ्ये । सायद क्रिसमस बिदा कै बेला भगवानले धेरै समय लियर धेरै साेच बिचार गरेरै उनलाई बनाए हाेलान, र त उनी अरु भन्दा पृथक छन, राम्रि छन, सुशील छन र नम्र छन् ।

म सानाे हुदा मेराे बाबाले हरेक जसाे साझ मलाई कथा सुनाई रहनु हुन्थ्याे । निकै राम्रा सुनिरहु जस्ता कथाहरु सुनाउनु हुन्थ्याे र मलाई पनि सधै जसाे सुनिरहन मन लाग्याे । बेला बेला प्रदेशमा दुखपिडा , बाधाब्याबधान आईरहेकाे बेला तिनै दिनहरु सम्झन्छु र फेरि ती दिनहरु दाेहाेरिरहे हुन्थ्यो भन्ने कामना गर्दछु । अब ती कामनाहरु फगत पूरा नहुने हुन भन्ने थाहा छ तर पनि कामना गर्न छाेड्दिन ।

मेराे बाबाले मिलाई मिलाई मेराे बालमस्तिष्कलाई भरपुर मनाेरन्जन दिने कथाहरु भनिरहनु हुन्थ्याे । म निकै चाख मानेर निकै शान्त भएर सुन्थे , अब के हाेला ? भन्ने काैतु हलताका साथ कथा सुनिरहन्थे । मैैले जति चाख मानेर कथा सुनेकाे भान मेराे बाबालाई हुन्थ्याे त्यतिनै कथालाई जाेडजाम बनाएर लम्ब्याउनु हुन्थ्याे । मराे बाबाले एउटि परिकाे कथा´ खुब लम्ब्याएर सुनाउनुभएकाे थियाे । परिकाे रुप र ब्याबहार काे प्रशंसा मा निकै धेरै शब्दहरु खर्च गर्नुहुन्थ्यो । उहाँ का कथामा रहेका सबै भन्दा महत्त्वपूर्ण र राम्रा शब्दहरु परि कै प्रशंसा मै खर्च गर्नुहुन्थ्याे । त्याे बेला उक्त परि काे लागि मेराे बाबाले खर्चेका ती शब्दहरुले मलाई त्यत्ति प्रभाव पार्दैनथियाे ।

किन कि म केटाकेटी थिए । मलाई ती शब्दहरुले प्रभाव पार्दैन भन्ने थाहा हुँदै गर्दा पनि मेराे बाबा निरन्तर परि काे प्रशंसाकाे लागि निकै समय बिताउनु हुन्थ्याे सायद त्यसमा उहाँ काे आफ्नै स्वार्थ लुकेकाे थियाे हाेला भन्ने अनुमान म अहिले लगाउन सक्छुु। जब म पाेल्यान्ड चेक रिपब्लिक हुँदै पाेर्चुगल आए , मैैले काइसुद्रे देखि आन्जुस सम्म काे दैनिक यात्रा गर्नुपर्ने थियाे , त्याे बेलाकाे मेराे व्यक्तिगत पिडाहरु लखेर हजुरकाे याे समय निराशाजनक बनाउन चाहिन, यति भनेपछि बुझ्नुस शुरु शुरुमा हजुरहरुले जस्ताे दुखपिडा भाेग्नुभयाे मैले भाेगेकाे पनि आैषत मा त्यस्तै नै हाे । म नया नया भएकाले यहाँ काे मेट्राे प्रयाेग बारे निकै दुबिधा हुन्थ्यो मलाई । सायद यात्रा काे दाेस्राेे दिन हाेला, एउटा ट्रेन छुटिसकेपछि , अर्काे ट्रेनकाे लागि करिब १०/१५ मिनेट जति कुर्नुपर्ने थियाे ।


चारैतिर नजर घुमाए र हेरे मैले देखेकाे र चिनेकाे एक जना पनि देख्न सकिन , त्यति बेला काेराेना नभएकाले माक्स कसैले पनि लगाउदैन थिए , यसकाे अर्थ देखेकाे मान्छेलाई सजिलै चिन्न सकिन्थ्यो । म बसेर मेट्राे प्रतीक्षा गरिरहेकाे थिए । मराे आँखा मेट्राे स्टेसनकाे भर्याङ झर्दै गरेकि एक युवतिमा गएर टक्क अडिए जब उनलाई देखे तब बाल्यकालमा मेरा बाबाले मलाई कथा सुनाउने बेला परि ´ काे लागि जुन जुन शब्दहरु खर्चिनु हुन्थ्याे ती शब्दहरु मेराे मानसपटलमा घुम्न थाले , ती शब्दहरु सङ्गै मेराे जवानिमा कुनै राम्रि केटिकाे बारे जे जति प्रशंसा गर्ने शब्दहरु प्रयाेग गर्थे ती सबै शब्दहरु मेराे मस्तिष्कमा घुम्न थाले , हाे उनी वास्तविक परि जस्तै थिईन , अग्ला अग्ला हिल सङ्गै छाेटाे जिन्सकाे स्कर्ट र राताे निकै कसिलाे टिसर्टमा सजिएकि ती युवती वास्तविक परि जस्तै थिईन , म केही बेेेर आँखा नझिम्क्याई हेरिरहे । हल्का कर्लि पारिएकाे कपाल , मसिनाे गरि मिलाईएकाे आईब्राे , ती गुलाबि आेठहरुमा लगाएकाे गुलाबि रङ्गकै लालि र हल्का हल्का लगाएकाे मेकअप ले उनलाई निकै राम्रि बनाएकाे थियाे ।

उनकाे याैवनले भरिएको शरिरमा अरुपनि निकै प्रशंसा गर्न याेग्य अंगहरुकाे आकार प्रकार र बनावट प्रसस्त थिए , त्यसकाे भरपुर नेत्रभाेजन मैले तर गरे तर याे भन्दा बढ्ता हजुरहरुलाई बताउने हिम्मत गरिन , गल्ति भए माफि पाउ ।

उनी जति सुन्दर थिईन, त्यत्ति नै भद्र र शालिन देखिन्थिन । उनी काे थिईन , कहाँ कि थिईन त्याे मलाई कुनै मतलब थिएन ।तर उनी निकै सुन्दर भएकाले र मेराे फुर्सदिलाेे समय भएकाले म उनलाई हेरिरहेकाे थिए । उनी पनि चारै तिर निकै चतुर्तापुर्वक आँखा डुलाउदै केही खाेजे जस्ताे गरिरहेकि थिईन , उनकाे याे हेराइले उनी चन्चले पनि छन है भन्ने बुझ्न गाह्राे थिएन मलाई । यत्तिकैमा मेट्राे आयाे मान्छेहरु भिडभाड गर्दै मेट्राेका ढाेकाहरु तर्फ दाैडन थाले, म पनि मेट्राेकाे ढाेका तिरै दाैडने मनाेविज्ञानले गर्दा उनलाई हेर्न बिर्सेछु । जब मेट्राे चल्याे तब उनकाे याद आयाे मेरा आखाहरु चारै तिर डुलाए तर दुर्भाग्य मेरा आखाहरुले उनलाई भेट्न सकेनन । उनलाई देख्न म त्यति आतुर थिईन वास हेरिरहु न त भन्ने लागेकाे मात्र थियाे । यत्तिकै मा म झर्ने स्टेसन आयाे र म झरे । मेराे निरन्तरकाे यात्रा एउटै थियाे , सायद उनकाे पनि एउटै थियाे हाेला ।

अर्काे दिन पनि त्यसैगरि त्यहि ठाउमा तिनै परि देखा परिन आज पनि केहिबेर उनलाई नै हेरिरहे , यत्तिकैमा मेट्राे आयाे सबैजना हतार हतार मेट्राे तिरै दाैडे मैले चाहेर पनि उनलाई हेर्न सकिन कता गईन , कुन ढाेकाबाट पसिन । त्याे दिन त साैभाग्यबस मेट्राे मा पनि बस्न सिट पाए । जब सिटमा बसेर मेरा आखाहरुले उनलाई नै नियाल्न थाले ,नजरले देख्ने सम्म हेर्दा पनि उनलाई नदेखेर निराश भएका मेरा नजरहरु जब मेरै नजिक कै सिटमा पुगेर राेकिए तब सपना जस्तै लाग्याे । म सङ्गैकाे सिटमा अरु काेहि नभएर जसलाई हेर्न मेरा आखाहरु तड्पिरहेका थिए उनै साक्षात परि बसिरहेकि रहिछन । उनले थाहा नपाउने गरि उनलाई हेरिरहे र भगवान् लाई धन्यवाद दिए । मेराे उनी प्रति अरु कुनै स्वार्थ थिएन त र म उनी सङ्ग बाेल्ने प्रयास गरिन । केबल मेराे नजर उनलाई मिलेसम्म हेर्न मात्रा चाहान्थे वास त्यत्ति नै ।

उनकाे पाेसाक र शारीरिक साैन्दर्यता हेर्दा लाग्दैन थियाे उनी नेपाली थिइन । त्याे दिन तिनै परि लाई नजिकै बाट नियाल्दै गन्तव्य सम्म पुग्ने अबसर मिल्याे । यसरी हरेक दिनजसाे उनलाई त्यहि यात्रामा भेटि नै रहे हरेक दिन उनलाई त्यसै गरि हेरि नै रहे । उनी काे हु ? , कहाँ कि हुन ? , नाम के हाे ? आदिईत्यादि प्रश्नहरु र उनी सङ्गबाट उत्तर पाउने अभिलाषा राखिन , किनकि मैले अघि नै भनिसके उनी सङ्ग मेराे अरु कुनै स्वार्थ , ईच्छा र आकाङ्क्षा थिएन ।

निरन्तर यात्रा चलिरहेकाे थियाे । जब एक दिन नजिकै भएकाे बेला उनकाे माेबाईलकाे घन्टि बज्याे , फाेन उठाईन र बाेलिन , हेलाे नमस्कार , के छ ,आराम हुनुहुन्छ ? यत्ति भएपछि उनी काे हुन ? कहाँ कि हुन ? यी र यस्तै प्रश्नहरुकाे एकमुष्ट जवाफ प्राप्त भयाे । उनी नेपाली हुन उनी नेपाल कि एक चेलि हुन । मलाई गर्व लाग्याे यस्ताे सुन्दर नेपाली युवती देख्न पाएकाे मा । तर मेराे मनमा उनी प्रतिकाे कुनै लाेभलालचना थिएन र आज सम्म पनि छैन र हुनेपनि छैन । राम्रो चिज हेरिरहन मन लाग्ने राम्राेे कुराकाे प्रशंसा गरिरहन मन लाग्ने याे चाहिँ मानवीय सामान्य व्याबहार मै पर्छ हाेला त्यसैले यसलाई अन्यथा नलिउ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!