१३ पाैष, बाँपीझ्याला, काठमाडौं । गायक सम्राट चौलागाई र समिक्षा अधिकारीको स्वरमा नयाँ गीत रुईको सिरानी को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक चौलागाई कहिले माया देखायै, आँखैमै पियर मनमा तिर्सना गीतहरु संगीत स्रोताहरुले रुचाएका छन् ।
उनको पछिल्लो संगितको रुपमा रुईको सिरानीले राम्रै प्रतिक्रिया आइरहेको गायक सम्राट चौलागाईले बताउनुभयो । चौलागाईका अनुसार उनको गीत एक दिनमा ५ लाख भन्दा बढि स्रोताहरुले मनपराइसक्नु भएको छ ।
यो गीतको भिडियोलाइ यतिबेला दर्शकहरुले रुचाएका छन् । गीतमा आफ्नो छुट्टै परिचय बनाएका बाबुलाल गिरिको साथमा उनको आफ्नै संगित भरेका छन् ।
उनको नयाँ गित रुईको सिरानी लाई अहिले दर्शकले रुचाएका छन, जसमा सम्राट र समिक्षाको स्वर निकै मिठास तथा सुभधुर रहेको छ ।
उक्त म्यूजिक मिडियोमा स्वर्गीय नायक कृष्ण श्रेष्ठ ज्युको याद दिलाउदै चर्चा कमाउने सफल प्रकाश चन्दको र पछिल्लो समयमा टिकटक बाट नाम कमाउदै आएकी टिक टक स्टार गिता ढुङ्गानाको दमदार प्रस्तुति देख्न सकिन्छ ।
यो गितलाई नविन निरौलाले सम्पादन गरेका छन । गीतको निर्देशक सुरझ माझिलेु गरेका छन् ।
गीतको भिडियो सम्राट चौलागाई अफिसियल युटुव च्यानलबाट हेर्न सकिन्छ ।