Search

माइतीघरमा ओलीको कदमविरुद्ध डम्फू बजाएर नागरिक अगुवाको खबरदारी

माइतीघरमा ओलीको कदमविरुद्ध डम्फू बजाएर नागरिक अगुवाको खबरदारी

बाँपीझ्याला, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नागरिक अगुवाले डम्फू बजाएर खबरदारी गरेका छन् । सोमबार माइतीघरमा तामाङको बाजा डम्फू र एकतारे बजाउँदै र नाच्दै प्रधानमन्त्री ओलीविरुद्ध खबरदारी गरेका हुन । यसअघि उनीहरुले शंख बजाएर नागरिक खबरदारी गरेका थिए । लेखक, कवि, कलाकारहरुका साथै विभिन्न क्षेत्रका ५४ जना नागरिक अभियन्ताहरु सहितको बृहत नागरिक आन्दोलनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य प्रतिगामी र गैरसंवैधानिक भएको ठहर गरेको छ ।


‘यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको छ। जनताको बलिदानीबाट स्थापित गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशिता जस्ता राजनीतिक उपलब्धीहरुमाथिको प्रहारलाई निरन्तरता दिँदै चालिएको यो प्रतिगामी कदमको सशक्त प्रतिवाद नगरे जनताले प्राप्त गरेको सिमित उपलब्धि पनि गुम्ने खतरा टड्कारो देखिएको उनीहरुको भनाइ छ ।

संसद विघटन गर्ने कार्य प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको भन्दै उक्त कदम तत्काल बदर गर्नसमेत उनीहरुले माग गरेका छन् भने लोकतन्त्रप्रेमी सबै तप्काका नागरिकलाई आ–आफ्नो ठाउँबाट आ–आफ्ना माध्याममार्फत सशक्त प्रतिरोधमा उत्रन आह्वान गरेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!