Search

प्रतिनिधि सभा विघटनविरुद्ध सडकमा कांग्रेस,

प्रतिनिधि सभा विघटनविरुद्ध सडकमा कांग्रेस,

बाँपीझ्याला, काठमाण्डौं । प्रतिनिधि सभाको असंवैधानिक विघटनविरुद्ध नेपाली कांग्रेसले सोमवार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । यही पुस ५ गते मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

त्यसविरुद्ध सर्वोच्चमा एक दर्जनभन्दा बढी रिट परेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेका बेला दलहरू सडकमा उत्रिएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा भक्तपुरको कार्यक्रममा सहभागी भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँको कार्यक्रममा सहभागी छन् ।

काठमाडौंको बानेश्वरमा प्रकाशमान सिंहले सम्बोधन गरेका छन् भने कोटेश्वरको सभामा विश्वप्रकाश शर्माले सम्बोधन गर्दैछन् ।

कांग्रेसका भावी सभापतिका प्रत्यासी शेखर कोइरालाले विराटनगरको सभालाई सम्बोधन गर्दा प्रभावशाली युवा नेता गगन थापा नेपालगञ्ज पुगेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!