Search

चैत्र देखि माथिल्लो तामाकोशीले पहिलो युनिटबाट उत्पादन शुरु गर्ने

चैत्र देखि माथिल्लो तामाकोशीले पहिलो युनिटबाट उत्पादन शुरु गर्ने

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले पहिलो युनिटबाट ७६ मेगावाट विद्युत यहि चैत महिना भित्र उत्पादन शुरु गर्ने जानकारी प्राप्त भएको छ । दोलखा जिल्लाको बिगु गाउँपालीका वडा नं. १ लामाबगरमा स्वदेशी लगानीमा निर्माण भईरहेको उक्त प्रोजेक्ले यही महिनामा मै उत्पादन शुरु गर्नु पर्ने थियो । जस्को तालिका पहिले प्रकाशन गरेको तालिम अनुसार २०७७ फागुणमा पानी भर्ने, चैत्र भित्र पहिलो युनीटबाट उत्पादन गर्ने, २०७८ अषाढ मसान्त भित्र वटा बाँकी रहेको युनिटबाट पनी बिद्युत उत्पादन गर्ने भएको छ ।


आयोजनाको भैसे अडिट प्लग कार्य, माथिल्लो पेनस्टक अडिट प्लग कार्य, सर्ज सुरुङ अडिट प्लग कार्य, माथिल्लो पेनस्टक स्याफ्टको बेण्ड राख्ने कार्य, तल्लो र माथिल्लो पेनस्टक स्याफ्टहरु बीचको तेर्सो पेनस्टक कार्य र तल्लो तेर्सो पेनस्टक कार्यको निर्माण फागुन १६ गते सम्म सम्पन्न गर्ने जनाएको छ ।

उक्त ६ वटा मुख्य कार्यहरुको निर्माण सम्पन्न भएपछि हेडवक्र्स, मुख्य सुरुङ र पेनस्टकमा पानी भरी ती सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको प्राविधिक परिक्षण गर्ने आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिनुभयो । १५ दिन सम्म गरिने परिक्षण सफलतापुर्वक सम्पन्न भएपछि विद्युतगृहमा जडान गरिएका ६ वटा युनिटहरुको परिक्षण गरिनेछ ।

आयोजनाको बाँध, इन्टेक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, पेनस्टक स्याफ्टहरु, भूमिगत विद्युत गृहको सिभिल र हाइड्रोमेकानिकल कार्यहरु निर्माण सम्पन्न भइसकेको छ । त्यसैगरि विद्युत गृहमा टर्वाइन, जेनेरेटर, ट्रान्सफर्मर लगाएतका सबै उपकरणहरुको जडान कार्य र गोंगरदेखी रामेछापको देवीटारसम्मको ४७ किलोमिर लामो प्रसारण लाईन निर्माण सकिएको छ । देवीटारमा निर्माणाधीन २२०÷१३२ के.भी. क्षमताको सवस्टेशनमा उपकरणहरु जडान कार्य अन्तिम चरणमा पुगेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जनाएको छ ।

आयोजनाको लट नम्बर २ हाइड्रोमेकानिकल कार्य को जिम्मा लिएको ठेकेदार भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड इन्जिनियरीङ लिमिटेडले पेनस्टक पाईप, गेटहरुलगायतका हाइड्रोमेकानिकल उपकरणको उत्पादन, ढुवानी र जडान कार्यमा ढिलाई गर्दा आयोजना निर्माणमा ढिलाई भएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो । आयोजनाले पेनस्टक पाइपमा एक्स्पान्सन ज्वाईन्ट पाईको सट्टा अर्को पाईप राखी विद्युत उत्पादन गर्ने प्रवक्ता न्यौपानेको भनाई छ ।


४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना २०६७ भदौबाट निर्माण सुरुभएको थियो । आयोजना निर्माणमा ढिलाई हुँदा कुल ३५ अर्व अनुमान गरिएको लागत बढेर ४९ अर्ब २९ करोड पुगेको छ थाहा हुन आएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!