Search

लागूऔषध सहित पक्राउ

लागूऔषध सहित पक्राउ

१३ पौष, बाँपीझ्याला, काठमाण्डौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध १ हजार २ सय एम्पुल डाइजेपाम, १ हजार २ सय एम्पुल फेनारगन र १ हजार २ सय एम्पुल नुर्फिन सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रौतहट कटहरिया नगरपालिका-१ घर भएका २२ वर्षीय गोबिन्द प्रसाद यादब र भारत बिहार मोतिहारी झरौखन थाना-३ घर भएका २३ वर्षीय साहेबलाल यादब रहेका छन् ।

रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेका ना.६ ख ३१८१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गोबिन्द र साहेबलालले सिट मुनि लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!