Search

आज राष्ट्र बैंकले दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

आज राष्ट्र बैंकले  दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

बाँपीझ्याला, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । बोलकबोल प्रक्रियाबाट ट्रेजरी बिल बिक्री गर्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आउँदो चैत १७ गते परिपक्व हुनेछ ।

यसैगरी दुई अर्ब बराबरको ट्रेजरी बिल कुल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल २०७८ पुस १३ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!