१२ पाैष, बाँपीझ्याला, बीबीसी । भिटामिन ‘डी’ थप मात्रामा सेवन गर्दा मानिसहरूलाई कोभिड-१९ बाट अतिरिक्ष सुरक्षा प्राप्त हुन्छ भनेर निर्क्योल गर्न पर्याप्त प्रमाण उपलब्ध नभएको विज्ञहरूको एउटा समूहले औँल्याएको छ।
उक्त समूहले भिटामिन डीले कोभिडबाट जोगाउँछ कि जोगाउँदैन भन्ने प्रश्नको उत्तर फेला पार्न थप अनुसन्धानको आवश्यकता रहेको बताएको छ।
तर जाडो महिनामा र घाममा कम बस्न पाउने अवस्थाका मानिसहरूले आफ्नो शरीरको हड्डी र मांसपेशीलाई स्वस्थ राख्नका लागि भने “भिटामिन डी सप्लिमेन्ट” भनिने अतिरिक्त मात्रा ग्रहण गर्नु उचित हुने सुझाव दिइएको छ।
स्वास्थ्य अधिकारीहरूले भिटामिन डी र कोभिड-१९ को सम्बन्धका विषयमा प्रस्तुत गरिएका प्रमाणहरूको समीक्षा गरेका थिए।
केही सानो सङ्ख्यामा भएका अध्ययनहरूले श्वासप्रश्वास प्रणालीका रोगहरूसँग सम्बन्धित भाइरसविरुद्ध शरीरको रोगप्रतिरोधी क्षमतालाई उचित प्रतिक्रिया जनाउन सघाउन भिटामिन डीको सम्बन्ध हुनसक्ने देखाएका थिए।