Search

भर्डीले लेस्टरलाई हारबाट बचाए, रोमाञ्चक खेलमा लेस्टर र युनाइटेड बराबरीमा रोकिए

भर्डीले लेस्टरलाई हारबाट बचाए, रोमाञ्चक खेलमा लेस्टर र युनाइटेड बराबरीमा रोकिए

१२ पुस, बाँपीझ्याला, काठमाडौं । दुई–दुईपटक पछि परेको स्थिति उल्टाएर लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेको म्यानचेसटर युनाइटेडसँग हारबाट बचेको छ । आज शनिबार भएको लिगको १४ औं साताको खेलमा दोस्रो स्थानको लेस्टर र तेस्रो स्थानको युनाइटेडले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लेस्टरको घरमा युनाइटेडले दुईपटक अग्रता लिए पनि बचाउन सकेन । युनाइटेडका लागि खेलको २३औं मिनेटमा मार्कुस रासफोर्डले वान भर्सेस वानमा निकै सुन्दर फिनिसिङमा गोल गरेका थिए । उनको गोलमा ब्रुनो फर्नान्डेजले असिस्ट गरेका थिए । त्यसपछि घरेलु टोली लेस्टर खेलको ३१औं मिनेटमै खेलमा फर्कियो । हार्भे बार्नेसले गोल गरेर खेल १–१ बनाएका थिए ।

त्यसपछि खेलमा गोल हुन ७९औं मिनेटसम्म कुर्नुपरेको थियो । यसपटक फेरि पाहुना टोली युनाइटेडका लागि पोर्चुगिज स्टार ब्रुनो फर्नान्डेजले गोल गरेर टिमलाई जितको बाटो देखाएका थिए । उनले सब्सिच्युट खेलाडी इडिन्सन काभानीको पासमा गोल गरेका थिए । तर, गोल गरेको ६ मिनेटमै युनाइटेडले गोल खायो ।

खेलको ८५औं मिनेटमा घरेलु टोली लेस्टरका लागि जिमी भर्डीले गोल गरेर टिमलाई २–२ को बराबरीमा फर्काए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नहुँदा खेल बराबरीमा सकियो । अब यो बराबरीपछि लेस्टर १५ खेलबाट २८ अंक जोडेर दोस्रो स्थानमा यथावतै छ । युनाइटेड १४ खेलबाट २७ अंक बनाएर तेस्रो स्थानमा यथावत छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!