Search

गुठी जग्गा व्यवस्थापन दबाब समुह र भेड्पुवासी विच समन्वयात्मक छलफल

गुठी जग्गा व्यवस्थापन दबाब समुह र भेड्पुवासी विच समन्वयात्मक छलफल

बाँपीझ्याला, काठमाण्डौं । ११ पौष २०७७ शनिबारका दिन गुठी जग्गा व्यवस्थापन दबाब समुह र भेड्पुबासीहरु बिच गुँरास क्याफे बालाजुमा समन्वयात्मक छलफल सम्पन्न भएको छ । बहुदलको उदयभए पश्चात भीमेश्वरको नाममा रहेको गुठीको जग्गा अन्तर्गत भेड्पुवासीहरुले उपभोग गर्दै आएको घर जग्गाको बारेमा तड्कारो रुपमा प्रश्न उठ्दै आएको सम्पूर्ण दोलखावासीहरुलाई जानकारी र चासो भएको विषय भित्र पर्दछ ।

यसै सन्दर्भमा आज गुठी जग्गा व्यवस्थापन दबाब समुह र भेड्पुवासी जनसमूदाय, जनप्रतिधिहरु बिच समन्वयात्मक छलफल भएको छ । यस भन्दा अगाडी पनी पटक पटक भीमेश्वरको गुठी र भेड्पुवासीहरु बिच छलफल भए अनुसार आज तेश्रो चरणको छलफल भएको दबाब समुहका संयोजक प्रकाश श्रेष्ठले जानकारी दिनु भयो ।


उक्त छलफल कार्यक्रममा दोलखा र भेड्पुवासीहरु गरी करिव ४० जना सम्वन्धीत व्यक्तीहरुको उपस्थिती रहेको उक्त कार्यक्रमा गुठीको जग्गा र मोहीको बारेमा विशेष छलफल भएको थियो । छलफलको क्रममा गुठी दबाब समुूह र भेड्पुवासीहरुको प्रनिधिनीहरुको संयुक्त कार्यसिल समिती बनाउने सर्वसम्मतीले निर्णय गरेको छ । उक्त कार्यसिल समितीको कार्य भीमेश्वर गुठीको के कती जग्गा र सम्वन्धी मोहीहरुको नाममा के कती जग्गा रहेको छ । सोको बारेमा आवश्यक छानविन गरी सप्रमाणको लागि आवश्यक कागजपत्रहरु जुटाई आगामीदिनमा छलफल गर्ने सहमती भएको थाहा भएको छ ।

उक्त कार्यक्रमा समाजसेवी एवं बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठ, समाजसेवी बैकुण्ठ नारायण प्रधान, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, कलाकार पुष्कर गुरुङ, ईन्जिनियर डा. हरिदर्शन श्रेष्ठ, समाजसेवी एवं द्वाल्खा गुठीका अध्यक्ष रुपा श्रेष्ठ, महा–सचिव उपेन्द्र प्रधान, कार्यसमीत सदस्य भल्ला मास्के, कालिञ्चोक युवा क्लवका अध्यक्ष निरेन्द्र मास्के, कोषाध्यक्ष शान्त श्रेष्ठ, सदस्य श्यामचन्द्र श्रेष्ठ, द्वाल्खा म्यासमुचा खलकका अध्यक्ष कलावती श्रेष्ठ, उपाध्यक्ष अन्नपुर्ण श्रेष्ठ, कोषाध्यक्ष पुष्पा जोशी, बनारसी सहयोगी हातहरुका सचिव दिलिप श्रेष्ठ लगाएत संघ–संस प्रतिनिधीहरु र अन्य मान्यजनहरुको विशेष उपस्थिती रहेको थियो ।


यसै गरी भेड्पुवासीहरुको तर्फबाट गाउँपालीका अध्यक्ष नर बहादुर श्रेष्ठ, नेपाली काँग्रेसका नेता बर्मा लामा लगाएत वडाध्यक्षको सहित विशेष टोलीको उपस्थिती रहेको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!