Search

ओलीले अदालत विघटन गरें भनेर त्यसमा ‘राष्ट्रपतिले हस्ताक्षर गरे भने के हुन्छ’? : सुरेन्द्र पाण्डे

ओलीले अदालत विघटन गरें भनेर त्यसमा ‘राष्ट्रपतिले हस्ताक्षर गरे भने के हुन्छ’? : सुरेन्द्र पाण्डे

११ पाैैष, बाँपीझ्याला, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी महासचिव सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीको कदमप्रती राष्ट्रपतिले बिचार गर्नुपर्ने बताएका छन् ।

उनले प्रश्न गरे
शनिबार राजधानीको बालाजुमा आयोजित् धादिङ काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पाण्डेले राष्ट्रपतिले बिचार नगर्दा प्रतिनिधिसभा विघटनसँगै प्रधानमन्त्री ओलीको आरोलो यात्रा सुरु भएको बताएका हुन् ।

‘संसद बिघटन जस्तै अब ओलीले अदालत पनि विघटन गरेँ भन्ने र राष्ट्रपतिले हस्ताक्षर गर्ने हो भने के हुन्छ रु कुनै प्रवन्ध विना जे पनि गर्ने हो भने त्यो र यसमा के फरक छ र’ ।

महासचिव पाण्डेले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै उनले भने संसद पुनस्र्थापना हुनैपर्ने दाबी समेत गरे । उनले हिजो राजालाई न्यायाधीशलाई हटाउने अधिकार हुने स्मरण गर्दै उनले नयाँ राजा बन्ने प्रयास नगर्न ओलीलाई चेतावनी पनि दिए । ‘ओलीजी नयाँ राजा होइन । नयाँ राजा बन्ने कुचेष्टा नगर्नुहोला’ ।

त्यस्तै उनले अघि भने,
‘खबरदार, तपाई यो बाटोमा हिड्नुभयो भने तपाईको यात्रा पनि धेरै परसम्म जाने बाला छैन । नेपाली जनताले यो यात्रालाई रोकेर बीचमै रोकिछोड्छन् ।’ उनले भने ।

सम्बोधनकै क्रममा महासचिव पाण्डेले अदालतलाई पनि खबरदारी गरेका थिए । ‘कसैको अनुहार हेरेर होइन, संविधान र कानून हेरेर निर्णय गर्नुस्’ उनले भने, ‘अनुहार हेरेर निर्णय गर्नुभयो भने यो देशले दुःख पाउउनेछ । तपाईहरु पनि त्यसबाट अछुतो रहनुहुने छैन ।’

उनले संवैधानिक र कानूनी बन्दोबस्त र नजिरहरुलाई हेरेर संसद विघटनबारे फैसला गर्न समेत आग्रह गरेका थिए । हामीलाई विश्वास छ, तपाईहरु त्यसबाट दायाँबायाँ जानुहुन्न, संसद पुनःस्र्थापना हुन्छ । किनकी संविधानले यसरी संसद विघटनको परिकल्ना गरेकै छैन’ नेता पाण्डेले भने

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!