अनिर्णय

अनिर्णय

मिसु श्रेष्ठ
भी.न.पा. –२, दोलखा
हाल काठमाडौं

कानुनको कठघरामा उभिएर आश्था र विश्वासले आआफ्नो सफाइ दिदै छन्
आश्था “ मैले यिनलाई अथाह प्रेम गरेँ, विश्वास गरेँस सर्वस्व ठानेर जीवन सुम्पे तर….”

“तर के मैले चाहिँ तिमीलाई प्रेम गरिनँ र? विश्वास गरिनँ र ? अनि सर्वश्व ठानिनँ र? तिमी प्रति मेरो अथाह आश्था थिएन र?

वकिल “अनि समस्या के रह्यो त तपाईंहरूमा ?”

दुबै जना उत्तेजित भइ एकै पल्ट उत्तर दिन्छन् (

“हो मैले यिनको खातिर जात भनिन, धर्म भनिन, आमा( बुबाको कुरा केही सुनिनँ तर…!”

“अनि के हो त समस्या ? “वकिल कड्किन्छन् ।”

“हामी सम्बन्ध विच्छेद चाहन्छौँ अर्थात् पारपाचुके !”

वकिल “के अब तपाईंहरुको प्रेम, विश्वास , समर्पण सक्यो त?”
“यी सबै कुराको कुनै औचित्य रहेन हाम्रो लागि ।” दुवै जना एकै स्वरमा कराउँछन् ।

“ कारण ?”

“कारण, अब हामी सम्बन्ध विच्छेद चाहन्छौंँ ।
हामी कुनै समय समानान्तर पार्टीका सक्रिय कार्यकर्ता थियौँ , हाम्रो सामान्य चिनजान थियोे । हाम्रो अथक प्रयासबाट पार्टी एकीकरण भयो । यसबाट देश ,जनता र हामी दुईको समेत हित हुने देख्यौंँ , धेरै नजिकिसकेका थियौँ । जात, धर्म इतर हुँदाहुँदै हाम्रो सिद्धान्त एकाकार भए पछि प्रेम विवाह गरेका हौँ तर हाम्रो पार्टी विभाजित भई सकेको छ , अब हामी दम्पतीको रुपमा रहन नैतिकताले दिदैन त्यसैले श्रीमान् हामी सम्बन्ध विच्छेद गर्न चाहन्छौँ।”

बहस सुनिसकेपछि न्यायाधीशले निष्कर्ष सुनाउछन् । “राजनीतिक आश्थाको कारण एक अर्कामा विश्वास टुटिसकेको हुनाले अब सम्बन्धमा रहनु उचित नहुने देखिएकोले सम्बन्ध विच्छेदको लागि अनुमति दिइन्छ ।”

आफ्नो विश्वास टुटेकोमा आश्था जंगिदै प्रतिवाद गर्छिन्

“श्रीमान् ! समस्या यत्ति मै समाधान हुँदैन , हामी सम्बन्धमा रहँदा हाम्रो सहमतिमा मैले ञछझ महिना देखि गर्भधारण गरेकी छुँ । यो बच्चा निजको ञभ्रुणझ भएकोले जन्माउन पनि चाहन्न , आफ्नो अंश भएकोले पतन गर्न पनि चाहन्न , अब यो गर्भमा हुर्कदै गरेको बच्चालाई म के गरुँ ??”

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!