Search

काठमाण्डौंको मुटुमा रहेको धरहराको २० तला तयार

काठमाण्डौंको मुटुमा रहेको धरहराको २० तला तयार

बाँपीझ्याला, काठमाडौँ । २०७२ सालको विनासकारी भूकम्पबाट पूर्ण रूपमा क्षति भएपछि निर्माण भइरहेको नयाँ धरहराको २० औँ तलाको काम सम्पन्न भएको छ । उपत्यकाको मनोरम र सध्याकालिन दृश्यको अवलोकन गर्न यो तलामा बार्दली बन्ने छ । धरहरा निर्माणको भौतिक प्रगति ९० प्रतिशत र धरहरा पुनर्निर्माण आयोजनाको कुल भौतिक प्रगति र आर्थिक प्रगति ५० प्रतिशत रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।


भुइँतलासहितको यो धरहरा २४ तलाको निर्माण भइरहेको छ । बाँकी तलाको निर्माण यसै महिनाभित्र सम्पन्न हुने प्राधिकरणले जनाएको छ । त्यसैगरी ।।।मिन्ट’ र ।।।अर्थक्वेक’ सङ्ग्रहालयको जग निर्माणको आधा काम भइसकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले धरहराको २०औँ तलाको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । अहिलेसम्म तीन अर्ब ४८ करोड रुपियाँमध्ये एक अर्ब ५५ करोड रुपियाँ खर्च भइसकेको छ ।

करिब छ सय मोटरसाइकल र चार सय गाडी पार्किङ गर्न मिल्ने गरी निर्माणाधीन पार्किङको आधा काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो धरहराको निर्माणको समयावधि थपेर २०७८ साल असार १६ गतेसम्म रहेकोमा सो अवधिमा सम्पूर्ण निर्माण सम्पन्न हुन नसक्ने इन्जिनियर मानन्धरले प्रष्ट पार्नुभयो ।

दुई वर्षभित्र सम्पन्न गर्ने गरी धरहरा निर्माणका लागि प्राधिकरण र निर्माण कम्पनीबीच २०७५ असोज १४ गते सम्झौता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पुस १२ गते धरहरा निर्माणको शिलान्यास गर्नुभएको थियो । जीआई ईटीसी र रमन कन्स्ट्रक्सन कम्पनी (जेभी) ले धरहरा निर्माणको जिम्मा पाएका छन् ।

प्राधिकरणको समयावधि आगामी वर्षको पुस १० गतेसम्म भएकाले आगामी असार मसान्तसम्म सबै क्षेत्रको पुनर्निर्माणको आधारभूत काम सम्पन्न गर्ने र बाँकी काम सम्बन्धित निकायलाई जिम्मा लगाइने छ । आकर्षक पर्यटकीय स्थल ऐतिहासिक महत्वको धरहराको निर्माण विशुद्ध पर्यटकीय स्थलका रूपमा भइरहेको प्राधिकरणको दाबी छ ।

व्यापारिक प्रयोजन वा व्यापारिक केन्द्रका रूपमा धरहराको निर्माण भइरहेको हल्ला गलत भएको इन्जिनियर मानन्धरले बताउनुभयो । धरहराको डायमिटर ।।। बेस’ मा १४.२ मिटर छ जुन साँघुरिँदै अन्तिम तलामा ५.६ मिटर हुनेछ । धरहराको डायमिटर ।।। बेस’ बाट दुई डिग्रीको स्लोपमा घट्दै जानेछ ।

निर्माणाधीन धरहराको उचाइ १९९० सालमा आएको भूकम्पभन्दा अघिको धरहराको हाराहारीमा हुनेछ । तीन अर्ब ४८ करोड रुपियाँको लागतमा निर्माण भइरहेको धरहरा ४२ रोपनी क्षेत्रफलमा फैलिने छ भनी आजको गोरखापत्रमा लेखिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!