Search

द्वाल्खा गुठीका पुर्व अध्यक्ष स्वर्गिय टंककुमारी राजभण्डारीको नाममा श्रद्धाञ्जली पत्र

द्वाल्खा गुठीका पुर्व अध्यक्ष स्वर्गिय टंककुमारी राजभण्डारीको नाममा श्रद्धाञ्जली पत्र

बाँपीझ्याला, काठमाण्डौंं । तेह्थुम जिल्ला जलजले माईती जन्म घर भई दोलखा जिल्ला भीमेश्वरनगरपालीका वडा २ स्थायी घर भै हाल काठमाडौ मण्डिखाटार बस्नुहुने स्व.ईन्द्रमणी राजभण्डारीका धर्मपत्नी यस द्वाल्खा गुठिका पुर्व अध्यक्ष एवं समाजसेवी वर्ष ९० कि टंककुमारी राजभण्डारी स्वर्गारोहण भएको आज छैठौ दिन भएको छ । वहाँको सम्झना गर्दै मृत आत्माको चिरशान्तीको कामना सहित शोक सन्तप्त परिवारजनमा सम्वेदना व्यक्त गरी द्वाल्खा गुठीले श्रद्धाञ्जली पत्र प्रदान गरिएको छ ।


द्वाल्खा गुठीका महा–सचिव उपेन्द्र प्रधानले उक्त श्रद्धाञ्जली पत्र वाचन गरी सुनाउनु भई गुठीका अध्यक्ष रुपा श्रेष्ठले स्वर्गिय टंककुमारी राजभण्डारीका जेष्ठ सुपुत्र प्रतिनिधी सभा सदस्य दिव्यमणी राजभण्डारीज्यूलाई हस्तान्तरण गर्नु भयो । घरको परिवारहरु र गुठीको पदाधिकारी तथा सदस्य भल्ला मास्के, कालिञ्चोक युवा क्वलका कोषाध्यक्ष शान्त श्रेष्ठ, नेप्लीज फेसन होमका प्रबन्धक हेमा मानन्धर सहित अन्य दोलखावासी शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।


१९८७ मंसिर २६ गते जन्म भई २०७७ पौष ४ गते बेलुका ९ः१५ बजे ह्याम्स अस्पतालमा उपचारको क्रममा स्वर्गाराहण हुनु भएको निज स्वर्गिय राजभण्डारीको २ छोराहरु दिव्यमणि राजभण्डारी, दीपमणि राजभण्डारी र ३ छोरी उषामिलन कछुपती, मुन्ना लाकौल, उदया राजभण्डारी हुनुहुन्छ ।


जेष्ठ छोरा दिव्यमणी राजभण्डारीज्यूको भनाई अनुसार आफ्नो स्वर्गिय आमाको नाममा गर्नु पर्ने पितृकार्य सवै भोली सातौं दिनमा समापन गर्ने समेत जानकारी दिनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!