Search

पुस १३ गते कांग्रेसले संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने घोषणा

पुस १३ गते कांग्रेसले संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने घोषणा

०९ पौष, बाँपीझ्याला, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आज बिहीवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस १३ गते देशभर आन्दोलन गर्ने निर्णय गरेको हो ।

संसद विघटन अलोकतान्त्रिक र असंबैधानीक भएको भन्दै त्यसको विरुद्धमा कांग्रेसले देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

तर नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा लाई पछिल्लो चरणमा केपी ओलीसंगै निकट रहेको आरोप लागेको छ । पछिल्लो मन्त्रीपरिष्दको निर्णय अनुसार जय बहादुर चन्द आयुक्त्तमा नियुक्त्तमा कारण उनी ओली निकट भएको भनेर आरोप लाग्दै आएको छ । प्रधानमन्त्रीको कदमको विरोध भए पनि निर्वाचनमा जाने रणनीतिमा देउवा देखिएसँगै रामचन्द्र पौडेल पक्षधर नेताहरु कडा प्रतिवादमा रहेको देखिन्छ ।

निर्वाचनमा जाने अथवा सडक आन्दोलनमा जाने भन्नेमा नेताहरु प्रष्ट नभइसकेको अवस्थामा कांग्रेसको यी निर्णयले मुलुकको राजनीति कता जान्छ भन्ने आँकलन गर्न सकिन्छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!