Search

भाइरसको महामारी थप फैलिन नदिन भारतका विभिन्न राज्यमा कर्फ्यु

भाइरसको महामारी थप फैलिन नदिन भारतका विभिन्न राज्यमा कर्फ्यु

०९ पाैष, बाँपीझ्याला, मुम्बई (एजेन्सी) । कोरोनाभाइरसको महामारी थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा कर्फ्यु जारी गरिएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा बुधबारदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी बुधबार नै कर्फ्यु आदेश जारी गरिएको हो ।

कर्फ्यु रातको समयमा मात्रै लागू हुने भएको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै लागू हुनेगरी कर्फ्यु आदेश जारी गरिएको अधिकारीहरूले जनाएका छन् ।

यसअघि भारतकै महाराष्ट्र राज्यले पनि सातघण्टे कर्फ्यु आदेश जारी गरेको केही दिनपछि कर्नाटक राज्यले आठ घण्टे कर्फ्यु लगाएको हो ।

महाराष्ट्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । महाराष्ट्रमा जनवरी ५ सम्मका लागि कर्फ्यु लगाइएको अधिकारीहरूले जनाएका छन् ।


नयाँ वर्ष २०२१ र क्रिसमसका अवसरमा भीडभाड र चलहलपहल बढेर महामारी थप फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।

कर्नाटकका स्वास्थ्यमन्त्री डा के सुधाकरले डिसेम्बर २३ देखि जनवरी २ सम्म रातिको समयमा बाहिर निस्कने, हिँडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई आह्वान गरेका छन् ।

चाडपर्वसम्बन्धी गतिविधि विषेश गरेर रातिको समयमा धेरै हुने भएकाले रात्रिकालीन कर्फ्यु लगाइएको अधिकारीहरूको भनाइ छ ।

भारतको कर्नाटकमा मात्रै अहिलेसम्म कोरोनाभाइरसका कारण १२ हजार २९ जनाको मृत्यु भएको छ भने कूल १४ हजार १४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!