बाँपीझ्याला, काठमाण्डौं । कोरोना भाइरसको महामारीपछि लामो समय बन्द भएको ‘सिनेमा हल’ पुस १० गते देखि खुल्ने भएका छन्। सरकारले महामारीको समयमा अरु क्षेत्रलाई सञ्चालन गर्ने मापदण्ड तय गरे पनि हल सञ्चालन गर्नको लागि कुनै पनि निर्णय गरेको थिएन।
हल सञ्चालनको लागि सरकारले बेवास्ता गरेपनि चलचित्र संघले आफैले हल खोल्ने निर्णय गरेको थियो। मंसीर १९ गते हल खोल्ने घोषणा गरेको संघले विभिन्न मापदण्ड तय गरेको छ।
संघले हल खोल्ने निर्णय गरेसँगै उपत्यकाका हलहरु सरसफाईमा जुटेका छन् । ललितपुरको लबिम मलको क्यूएफएक्समा पनि चलचित्र प्रदर्शनको लागि हललाई डिसइन्फेक्सन गर्ने काम भईरहेको छ। मलका कामदारहरुले पीपीइ लगाएर मलको सरसफाइ गरिरहेका छन्।