Search

पाकिस्तानमा ७ फिटको कृष्ण मन्दिर निर्माणकाे अनुमति

पाकिस्तानमा ७ फिटको कृष्ण मन्दिर निर्माणकाे अनुमति

०८ पौष, बाँपीझ्याला, एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादमा कृष्ण मन्दिर निर्माणको अनुमति दिइएकाे छ । राजधानी विकास प्राधिकरण (सिडीए) ले हिन्दु समुदायले प्रस्ताव गरेकाे कृष्ण मन्दिर निर्माणको अनुमति दिएको हो।

सत्तारुढ पाकिस्तान तहरीक ए इन्साफ (पीटीआइ) पार्टीका अल्पसंख्यक समुदायका सांसदले शहरमा पहिलो नयाँ हिन्दु मन्दिर बनाउने निर्णयलाई महत्वपूर्ण कदम भन्दै स्वागत गरेको छ।

सीडीएले इस्लामावादको हिन्दु पञ्चायतका अध्यक्षलाई एक पत्र लेख्दै मन्दिर, सामुदायिक भवन र दाहसंस्कार स्थल बनाउनका लागि सशर्त अनुमति दिएको बीबीसीले उल्लेख गरेको छ।

पत्रमा मन्दिरको उचाइ सात फिटभन्दा अग्लो हुन नहुने शर्त राखिएको छ। पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफको सरकारले सन् २०१७ मा मन्दिर निर्माणका लागि इस्लामावादमा जमिन उपलब्ध गराएको थियो। जमिनमा हिन्दु समुदाय कृष्ण मन्दिर बनाउन चाहन्थे।


पाकिस्तान इस्लाम राष्ट्र भएकाले हिन्दु मन्दिर बनाउने अनुमति दिनुलाई हिन्दुहरूले ठूलो सफलताको रूपमा हेरेका छन् । त्यहाँ यसअघि पनि कृष्ण मन्दिर बनाउन लाग्दा स्थानीयले विरोध गरेका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!